चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय, संसद सचिवालयले पठायो पत्र

0
231

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएका हुन्। आफूलाई कामकारबाही गर्न रोक नलगाउन माग गर्दै जबराले हिजोमात्रै संसद सचिवालयमा निवेदन दिएका थिए।

त्यसको प्रतिउत्तरमा संघीय संसदका महासचिव डा. गौतमले निलम्बन फुकुवा गरेका हुन्। यससँगै जबराको निलम्बन हटेको छ ।

उनी अब सर्वोच्च अदालत फर्किने तयारीमा छन्। यसैबीच जबराले संसदका महासचिवबाट महाअभियोग निश्क्रिय भएको पत्र पाएको पुष्टि गर्दै आजै सर्वोच्च जाने बताएका छन्।

सत्तारुढ दलका ९५ सांसदले जबराविरुद्ध २०७८ फागुन १ मै संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि फागुन २२ मा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति बनाएको थियो । त्यसलगत्तै उनी निलम्बनमा परेका थिए। यसबीचमा कार्यवाहक प्रधानन्यायाधीशको रुपमा दीपक कुमार कार्कीले काम गरेका थिए।

कार्कीको अवकाश पछि हाल कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा हरिकृष्ण कार्की छन्। फागुन २९ मा जबराविरूद्ध महाअभियोग प्रस्ताव संसदमा पेश भएको थियो। तर लामो समय महाअभियोग प्रस्तावलाई सिफारिस समितिमा पठाइएको थिएन।

महाअभियोग सिफारिस समितिले जबराविरुद्ध लगाइएका आरोपबारे भदौ १५ गतेदेखि वयान लित सुरु गरेको थियो। वयानको क्रममा उहाँले आफूमाथि लगाइएको आरोपको खण्डन गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here