सरकार गठनको विषयमा गठबन्धनमा छलफल गर्ने माओवादीको निर्णय

0
168

काठमाडौं। नेकपा माओवादी केन्द्रले सबै दलहरूसँग सहमति र समझदारीमा अघि बढ्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकपछि महासचिव देव गुरुङ सरकार गठनको विषयमा गठबन्धन दलसँग छलफल गरेर अगाडि बढ्ने प्रष्ट पारे।

भोलि गठबन्धनको बैठक बसेर निर्वाचनको समीक्षा गरेर सरकार गठनको विषयमा धारणा बनाउने उनको भनाइ छ।

अहिले आफूहरू गठबन्धनमै रहेको कारणले एमालेसँग मिलेर सरकार बनाउने विषयमा कुनै छलफल नभएको जिकिर गरे। अहिले गठबन्धनमै भएकाले मुख्य प्राथमिकता नै त्यही हुने उनले दाबी गरे।

उनले भने, ‘हिजो प्रवक्ताज्यूले कुन प्रसङ्गमा भन्नुभयो त्यो थाहा भएन। तर, अहिलेसम्म सरकार गठनको विकल्पबारे छलफल भएकै छैन।’

अहिलेसम्म गठबन्धनमा कुनै विमति र असहमति नरहेर गठबन्धनबाटै अगाडि बढ्न पहल गर्ने उनको भनाइ छ। पार्टीले तुरुन्तै गठबन्धनको विकल्प अवस्थामा नरहेको दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here