आर्थिक सङ्कटका बाबजुद लेबनानी संसद राष्ट्रपति चयन गर्न फेरि असफल

0
153

लेबनानको संसद पूर्व राष्ट्रपति मिचेल आउनको उत्तराधिकारी चयन गर्न आज सातौँ पटक असफल भएको छ ।इरानसमर्थित शक्तिशाली हिजबुल्लाह आन्दोलनका समर्थक र यसका विरोधीबीच संसद् विभाजित भएपछि कुनै समूहमा स्पष्ट बहुमत नहुँदा राष्ट्रपतिको चयनमा समस्या भएको हो ।

संयुक्त राज्य अमेरिकाको निकट मानिने सांसद मिचेल मोआवदले संसदका १२८ सांसदमध्ये ४२ को समर्थन प्राप्त गर्नुभएको छ, जुन सङ्ख्या आवश्यक बहुमतभन्दा निकै कम हो । यद्यपि हिजबुल्लाह समर्थक सांसदहरूले खसालेको मतपत्रको सङ्ख्याभन्दा बढी हो । मोआवदको उम्मेदवारीको हिजबुल्लाहले विरोध गरेको छ ।

जसका नेता हसन नसरल्लाहले यसै महिना संयुक्त राज्य अमेरिकाको विरुद्धमा खडा हुन तयार राष्ट्रपतिको आह्वान गर्नुभएको थियो । यसअघि पनि लेबनानमा राष्ट्रपतिको चयन प्रक्रियामा ढिलाइ हुने गरेको थियो ।

सन् २०१६ मा ओउनको आफ्नै निर्वाचनपछि राष्ट्रपति भवनमा दुई वर्षभन्दा बढी समय रिक्त भएपछि सांसदहरूले उहाँको उम्मेदवारीमा सहमति जुटाउनुअघि ४५ पटक असफल प्रयास गरेका थिए । अब नयाँ राष्ट्रपति चयनका लागि आठौँ पटक संसद्को बैठक आगामी डिसेम्बर १ मा बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here