स्थिर समयमा प्रधानमन्त्री बसेको रिसोर्ट बाहिर मतदाताको भीड, पैसा बाँडेको आरोप

0
128

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आचारसंहिता विपरित आफु बस्ने रिसोर्टअगाडी मतदाता जम्मा पारेका छन् । बिहीबार राति १२ बजे स्थिर समय शुरु भएसँगै निर्वाचनको प्रचारप्रसारमा रोक लगाइए पनि देउवाले भने निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै आफू बस्ने रिसोर्टबाहिर मतदाताको भीड लगाएका हुन् ।

डडेल्धुराको अमरगढी नगरपालिका-८ रातो गुराँस रिसोर्टमा बस्नुभएका प्रधानमन्त्री देउवामाथि निर्वाचन जित्न मतदातालाई प्रहरी प्रशासनकै आवरणमा पैसा बाँडिरहेको आरोप पनि लागेको छ । विगतमा पनि प्रधानमन्त्री देउवामाथि निर्वाचन जित्न पैंसा बाँडेको आरोप लाग्ने गरेको थियो ।

रातो गुराँस रिसोर्टमा पैसा बाँडिरहेका खबर सुनेर जिल्लास्थित पत्रकारको टिम त्यहाँ पुग्दा मानिसहरूको भीड थियो । कतिपय पत्रकारको टिम देख्दा भागेका थिए भने कतिपय आफ्नो फोटो नखिचिदिन हारगुहार गरिरहेका थिए ।

सुरक्षा घेरभित्र पालैपालो मानिसलाई भित्र पठाइरहेको बेला पत्रकारलाई फोटो नखिच्न भन्दै सुरक्षाकर्मी तथा देउवाका सहयोगीले धम्की दिएपनि पत्रकारले फोटो भिडियो खिच्न थालेपछि बाहिर रहेका सबैलाई गेटभित्र जान दिइएको थियो । बाहिर रहेका स्थानीयसँगै पत्रकार पनि भित्र जान खोजेपछि उनीहरूलाई रोकिएको थियो ।

कतिपय भित्र गएर देउवालाई भेट्न नपाएको गुनासो गर्दा केहीले भने पैसा दिएको भन्दै खुशी व्यक्त गरेका थिए । स्थानीयहरुका अनुसार देउवाले प्रतिव्याक्ति ५ हजारका दरले पैंसा बाँडीरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले भने सडक साँघुरो भएकाले भिड जम्मा भएको हुनसक्ने प्रतिक्रिया दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here