४० मतदान स्थलबाट मतपेटिका हेलिकप्टरमा ढुवानी गरिने

0
192

काठमाडौं। दुर्गम र हिमाली क्षेत्रका ४० वटा मतदान स्थलको मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने भएको छ ।

मतदानपछि ४० मतदान स्थलबाट मतपेटिका हेलिकप्टरमार्फत गणना स्थलसम्म ढुवानी गरिने गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले जानकारी दिए।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सचिव सिंहले ४० स्थानका मतपेटिका हेलिकप्टरको प्रयोग गरेर गणना स्थलसम्म ल्याउने तयारी गरेको बताए।

सवारी साधन चल्ने ठाउँका मतपेटिका भाडामा लिएको गाडीमा राखेर नेपाली सेना र सशस्त्र प्रहरीले स्कर्टिङ गरेर गणना स्थलसम्म ल्याउने छन् ।

मतपेटिका ढुवानी गर्दा सुरक्षा निकायका सवारी सधान प्रयोग नगर्नेगरी निर्देशिका तयार गरिएको गृह सचिव सिंहले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here