राष्ट्रिय फुटबल टिमका कोच छाडेको अलमुताइरीको घोषणा

0
300

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत राजीनामा शब्द उल्लेख नगरे पनि आफूले नेपालको कार्यकाल सकेको घोषणा गरेका छन् । अखिल नेपाल फुटबल संघ र अल्मुताइरीबीच पछिल्लो समय सम्बन्ध चिसिएको थियो ।

अल्मुताइरिले बन्द प्रशिक्षणमा रहेका कप्तानसहित १० खेलाडीलाई बन्द प्रशिक्षणबाट निकालेपछि नेपाली फुटबल टिम छिन्नभिन्न भएको आरोप लागेको थियो ।

नेपालको मुख्य प्रशिक्षक सम्हालेको ५ सय २५ दिनपछि अलमुताइरीले राजीनामा दिएका हुन् ।  

‘नेपाली फुटबलको सेवाको ५ सय २५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु,’ अलमुताइरीले लेखेका छन्, ‘खुशी, माया, दु:ख र पीडाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here