आङ सान सुकीलाई थप तीन वर्ष सजाय

0
221

एजेन्सी- म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई थप तीन वर्षको जेल सजाएको फैसला सुनाएको छ ।

सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोपमा शुक्रबार थप तीन वर्ष जेल सजाय सुनाइएको हो । यस निर्वाचनमा सुकीको पार्टी अत्याघिक बहुमतका साथ विजय भएको थियो । सुकीलाई तीन वर्ष कडा परिश्रमसहितको जेल सजाय सजाय सुनाइएको स्रोतले जनाएको छ । नोबेल पुरस्कार विजेता ७७ वर्षीया सुकीको स्वास्थ्य अवस्था हालसम्म राम्रै रहेको बताइएको छ ।

भ्रष्टाचार र अन्य आरोपमा अदालतले दोषी ठहर गरेपछि गत वर्षदेखि हिरासतमा रहेकी सुकीलाई पहिले नै १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा पत्रकारहरूलाई प्रवेशमा रोक लगाइएको छ । सुकीका वकिलहरुलाई प्रेससँग वार्ता गर्न पनि रोकिएको छ ।

सेनाले नोभेम्बर २०२० को चुनावमा व्यापक जालसाजी भएको आरोप लगाएको थियो । यस चुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले ठूलो जित हासिल गरेको थियो । यद्यपि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले मतदान धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष भएको बताएका थिए ।

यद्यपि सेनाले त्यस चुनावको नतिजा रद्द गरेको थियो । सो चुनावमा ११ लाख भन्दा बढी जालसाजीका घटनाहरू पत्ता लगाएको पनि सेनाको एकपक्षीय दाबी रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here