बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठानको पाँचौँ संस्करण भब्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आयोजकको धन्यबाद

0
600

साउन २२/
अमेरिकाको ह्यारिसबर्गमा भएको विश्व भुटानी साहित्यिक सङ्गठन (जीबीएलओ) बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठानको पाँचौँ संस्करण भब्य रुपमा सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ । जुलाई २९ देखि ३१ तारिखसम्म भएको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आयोजक संस्था जीबीएलओले जनाएको हो ।
नेपाली भाषा, साहित्य र संस्कृतिबाट प्रतिबन्धित हुँदै देशबाट निर्वासित हुनुपरेपछि पहिचान खोज्दै हिँडेका आप्रवासी भूटानी युवाहरूले प्रारम्भ गरेको कार्यक्रम आज विशिष्ट कदर बोकेर विश्व जगतमा भाषा, साहित्य, कला, संस्कृति, विचार र दर्शनको संगम एक भब्य उत्सव बन्न सफल भएको जीवीएलओ केन्द्रीय सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाईएको छ । बिशिष्ट व्यक्तिहरुको उपस्थिति र मुर्धन्य साहित्यकारहरुको सहभागीताले कार्यक्रम आप्mनो उद्देस्य अनुरुप सफल भएको अनुभुति गरिएको बिज्ञप्तिमा जनाईएको छ ।
सिक्किमका पूर्व मुख्यमन्त्री एवम् कवि डा. पवन चाम्लिङलाई अभिनन्दन गरिएको कार्यक्रममा शिवलाल दाहाल, डा. हेमन्त घिसिङ, तिलारुपा आचार्य, विकास थुलुङ र लीला निशालाई सम्मान गरिएको थियो । कार्यक्रममा भारतीय साहित्यकार डा. महेश दाहाललाई दुई हजार एक डलर राशी रहेको ‘विभूसास दिनेश चाम्लिङ स्मृति युवा प्रतिभा पुरस्कार’ बाट पुरस्कृत गरिएको थियो भने ६ लाख रुपैयाँ राशीको ‘स्वीकारोक्ति आजीवन सिद्धि पुरस्कार’ बाट वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा भुटानी अमेरिकी समाजबाट सन् २०१९ देखि अहिलेसम्म विद्यावारिधि गरेका भुटानीहरूलाई अभिनन्दनसमेत गरिएको थियो ।
भारतको सिक्किम विश्वविद्यालयको भाषा तथा साहित्य विभागका डिन प्रा.डा. कविता लामाले ‘नेपाली साहित्य लेखनको स्थिति र वैश्विकीकरणको प्रवासमा भारतीय नेपाली अनि पुनर्वासित भुटानीहरू’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै साहित्यकार डा. मधु आचार्य श्रेष्ठ, भारतीय वरिष्ठ साहित्यकार विन्द्या सुब्बा, पर्यावरण लेखक विरेन हितान तथा वरिष्ठ साहित्कारहरू डा. गोविन्दराज भट्टराई र कृष्ण धरावासीले पनि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here