जिबिएलओको आयोजनामा अमेरिकाको ह्यारिसबर्गमा “बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान–५” सुरु

0
255

साउन १४/
अमेरिकाको पेन्सिल्भानिया राज्यको ह्यारिसबर्ग सहरमा भुटानी नेपाली सर्जकहरूको आयोजनामा “बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान–५” सुरु भएको छ । उक्त बृहत अनुष्ठानको भारतको सिक्किम राज्यका पूर्व मुख्यमंत्री एवं साहित्यकार पवन चाम्लिंगले एक कार्यक्रमका विच सुभारम्भ गर्नु भएको छ ।
ग्लोवल भुटानिज लिटरेरी अर्गनाईजेसनको आयोजनामा भएको समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चाम्लिंगले नेपालीहरुको मनमा विश्व अटाउन सक्नु पर्ने बताउनु भयो । विश्व अटाउने देशले विश्वमा राज गर्न सक्ने भन्दै उहाँले नेपालीले पनि विश्वमा राज गर्नलाई मनमा विश्व अटाउन सक्नु पर्ने बताउनु भयो ।
बिभिन्न देशमा रहेका नेपालीभाषीहरु सहभागी कार्यक्रममा पुर्व मुख्यमन्त्री चाम्लिंगले हामीहरुको राष्ट्र, राष्ट्रियता, नागरिकता अलग–अलग भए पनि हामी जहाँ बसेपनि जहाँको भए पनि नेपाली भाषा र संस्कृति कहिल्यै भूल्न नहुने बताउनु भयो । भाषा र संस्कृतिनै नेपालीको पहिचान र अस्तित्व भएकोले यसलाई बचाउनु हामि सबैको कर्तब्य भएको बताउनु भयो ।
सम्बोधनका क्रममा चाम्लिङले आफ्नो मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको र आफ्नो राज्य सिक्किम र सिक्कमेली जनताको शुभकामनाका साथ कार्यक्रममा सहभागी भएको जनाकारी दिँदै समाज निर्माण, देश निर्माणमा राजनीतिक, सामाजिक कार्यमात्रैले पर्याप्त नहुने बताउनु भयो । उहाँले साहित्यिक, साँस्कृतिक, सांगीतिक र कलात्मक गतिविधि पनि आवश्यक हुने बताउनु भयो ।
जुनै धर्म, भूगोल र पेशामा रहे पनि नेपाली भाषा, साहित्य, संस्कृति, कलाको विकासमा सबै नेपालीले लाग्नु पर्नेमा जोड दिँदै चाम्लिङले त्यसो गर्न सके मात्रै नेपालीहरुको साझा पहिचानलाई स्थापित हुने र सबै नेपालीलाई एक ठाउँमा जोड्ने बताउनु भयो ।
ग्लोबल भुटनीज लिटिरेरी अर्गनाइजेशन (जिबिएलओ)को आयोजनामा आज देखि सुरु भएको अनुष्ठान ३१ तारिकसम्म चल्ने समारोहका कन्भेनर साहित्यकार, व्यावसायी एवं आयोजक संस्था ग्लोवल भुटानिज लिटरेरी अर्गनाईजेसन वोर्ड अफ ट्रष्टी अध्यक्ष डेन्जोम साम्पाङले जानकारी दिनुभयो । अनुष्ठानमा नेपाल, भारत, अमेरिकाका विभिन्न राज्य, मेक्सिको, अष्ट्रेलिया, क्यानडा, न्युजील्याण्डलगायत मुलुकहरुबाट नेपाली भाषा, साहित्य, संस्कृति, कला क्षेत्रका चर्चित व्यक्तित्वहरु र स्रष्टाहरुको सहभागिता रहेको छ ।
स्वीकारोक्ति फाउण्डेशनका तर्फबाट भारतको आसम निवासी चर्चित नेपाली उपन्यासका रचनाकार साहित्यकार लीलाबहादुर क्षेत्रीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । यस अवार्डको धनराशी हालसम्म नेपाली साहित्यमा प्रदान गरिएको भन्दा माथि हुने बोर्ड अफ ट्रष्टीका अध्यक्ष डेन्जोम साम्पाङले जानकारी दिनुभयो ।
जिबिएलओका अध्यक्ष कर्ण गुरुङको अध्यक्षतामा जारी तीन दिने अनुष्ठानमा नेपाली साहित्य, कला, संस्कृतिका उन्नयनमा योगदान गर्ने प्रतिभाहरुलाई अभिनन्दन र सम्मान, साहित्यिक वहस विमर्श, सांस्कृतिक र सांगीतिक प्रस्तुती, कृति विमोचन, शान्ति पदयात्रा र स्रष्टा भ्रमणलगायत कार्यक्रम समावेश गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here