जिविएलओको आयोजनामा अमेरिकामा भएको “बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान–५” अन्तर्गत स्रष्टा भ्रमण सम्पन्न

0
294

साउन १६/
ग्लोवल भुटानिज लिटरेरी अर्गनाईजेसन जिविएलओको आयोजनामा अमेरिकाको पेन्सिल्भानिया राज्यको ह्यारिसबर्ग सहरमा आयोजना भएको “बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान–५” अन्तर्गत आज तेस्रो तथा अन्तिम दिन स्रष्टाहरुको साहित्यिक भ्रमण गराईएको छ ।
समारोहका कन्भेनर साहित्यकार, व्यावसायी एवं आयोजक संस्था जिविएलओका वोर्ड अफ ट्रष्टी अध्यक्ष डेन्जोम साम्पाङले तिन दिने साहित्यिक उत्सवको अन्तिम दिन स्रष्टा भ्रमण गराईएको जानकारी दिनुभयो । अमेरिकाका बिभिन्न पर्यटकिय क्षेत्रको भ्रमण संगै रचना वाचन गर्दै रमाईलो संग यात्रा सम्पन्न गरिएको उहाँले बताउनु भयो । स्रष्टा भ्रमणमा मुर्धन्य साहित्यकार प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई, साहित्यकार कृष्ण धराबासी, साहित्यकार गोविन्द गिरी प्रेरणा लगायतको सहभागीता रहेको थियो । ह्यारिसबर्ग सहरमा रहेको पुरानो म्यजियम लगायतका ठाउँहरुको भ्रमण गर्दै रचना वाचन समेत गरिएको थियो ।
अनुष्ठानमा नेपाल, भारत, अमेरिकाका विभिन्न राज्य, मेक्सिको, अष्ट्रेलिया, क्यानडा, न्युजील्याण्डलगायत मुलुकहरुबाट नेपाली भाषा, साहित्य, संस्कृति, कला क्षेत्रका चर्चित व्यक्तित्वहरु र स्रष्टाहरुको सहभागिता रहेको जिबिएलओका अध्यक्ष कर्ण गुरुङले जानकारी दिनुभयो ।
उक्त बृहत अनुष्ठानको भारतको सिक्किम राज्यका पूर्व मुख्यमंत्री एवं साहित्यकार पवन चाम्लिंगले तिन दिन अघि एक कार्यक्रमका विच सुभारम्भ गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here