बिकु क्षेत्रीको गित दुधको साक्षी बिरालोको म्युजिक भिडियो सार्वजनिक

0
415

साउन ५
नेपाली संगीतिक क्षेत्रकी चर्चित गायिका मेलिना राईको साथमा उदियमान गायक बिकु क्षेत्रीको सुमधुर स्वरमा सजिएको नयाँ गित ‘दुधको साक्षी बिरालो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । ।
अमेरिकाको पेन्सलभेनियामा बस्दै आउनु भएका गीतकार ईट्टाघरेका शब्दमा रहेको गितमा दिपक शर्माको संगीत रहेको छ । त्यसैगरी उदय राज पौडेलले संगीत संयोजन गरेको गितको म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा बिश्वकर्माले अभियन गर्नु भएको छ ।
रोशन बिकले कोरियोग्राफी गरेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गर्नु भएको छ । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गर्नु भएको छ भने म्युजिक भिडियोको निर्देशन गीतकार ईट्टाघरेलेनै गर्नु भएको छ ।
भिडियो युनिकर्न मोशन पिक्चर्स नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । यसअघि गायक क्षेत्रीको स्वरमा रहेको ‘जाऊ हिँड’, ‘दिल खोलेर भनन’ लगायत भिडियोहरु सार्वजनिक भैसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here