भुटानी शरणार्थिद्वारा सम्मान जनक स्वदेस फिर्ती माग

0
453

असार ६/
आज अंग्रेजी महिनाको जुन २० तारिख विश्व सरणार्थि दिवसको अवसर पारेर बिगत ३० बर्ष देखी नेपालनमा सरणागत रहँदै आएका भुटानी शरणार्थिहरुले आफुहरुको सम्मानजनक स्वदेश फिर्तीको पहल गरिदिन नेपाल सरकारका प्रधानमन्त्री सहित बिभिन्न सरोकारवाला निकायमा ध्यानाकर्षण गराएका छन् । भुटान स्वतन्त्र जनमञ्चका तर्पmबाट महासचिव धनबीर सुब्बाले प्रधानमन्त्री शेरबहादुर देउवा, संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय, झापाका प्रमुख जिल्ला अधिकारी र दमक नगर प्रमुखलाई एकैसाथ ध्याकर्षण पत्र बुझउनु भएको हो ।
महासचिव सुब्बाले बिगत ३० बर्ष देखी शरणार्थिको कष्टकर जिवन बिताउन बाध्य भए पनि समस्या दिगो समाधान नहुँदै राहत कटौती हुँदा आफुहरुको जिवन अझ कष्टकर बनेको बताउनु भएको छ । शरणार्थि समस्या समाधानको अन्तिम बिकल्प स्वदेश फिर्तीनै भएको भन्दै ध्यानाकर्षण पत्रमा जनमञ्चका महासचिव सुब्बाले आफुहरुको धैर्यतालाई बुझि समस्या समाधानमा पहल गरिदिन सबैलाई आग्रह गर्नु भएको छ । समस्याको अन्तिम समाधान नभए सम्म राहतलाई निरन्तरता दिन पनि पत्रमा आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here