हामीमाझ रहेन्न् डा.भम्पा राई

0
400

असार ५/
भूटानी नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी डा.भम्पा राई भौतिक रुपमा हामी माझ नरहनु भएको खबरले स्तब्ध बनाएको छ । अग्रज भूटानी शरणार्थि अभियन्ता डा भम्पा राईको निधन भएको छ । मोरङगको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा गए राती २ बजेर ४० मिनेटमा उहाँको निधन भएको डा. राईका आफन्त ईन्द्र कुवंरले जानकारी दिनुभयो ।

राई पेट सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । पाँच दिन अघि उहाँको हर्नियाको शल्यक्रिया पनि भएको थियो । हिँजो शनिबार दिउँसो मुटुको चालमा गडबडी भएपछि सुरुमा दमकस्थित लाइफलाइन अस्पतालमा त्यसपछि विराटनगरस्थित नोबल अस्पतालमा उपचारका लागि लगिएको आफन्त ईन्द्र कुवंरले बताउनु भयो । डा. राईको पार्थिब शरिरलाई अहिले दमक नगरपालीकाले उहाँलाई उपलब्ध गराएको दमक ५ स्थित निवासमै राखिएको छ । उहाँको अन्त्यष्ठि कमल ५ सितापुरी उत्तरमा रहेको घाटमा आजै गरिने पनि आफन्त कुवँरले बताउनु भयो ।

राई भूटानी राजाका निजी डाक्टर हुनुहुन्थ्यो । सन् १९९१ मा भूटानबाट नेपाली भाषीलाई लखेटिएपछि उहाँ आफ्नै इच्छाले नेपाल आउनु भएको थियो । राई श्रीमती, र बुवा–आमालाई सहित नेपाल आउनु भएको थियो । आमा विष्णुमायाको २०५४ सालमा र बुबा आइतराजको २०६४ सालमा निधन भएको थियो । दुई वर्षअघि उहाँकी श्रीमती उर्मिलाको पनि निधन भएपछि भम्पा डेरामा एक्लै बस्दै आउनुभ एको थियो । डा.भम्पा राई ७२ बर्षको हुनुहुन्थ्यो । सन् १९९० अघि एक लाख बडि भूटानीसगैँ शरणर्थी शिविर प्रवेश गर्नु भएका डा.राईले निःशुल्क औषधी उपचार गर्दै आउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here