जि.वि.एल.ओ अध्यक्ष कर्ण गुरुङ साहित्यदूत सम्मानबाट सम्मानित

0
345

जेठ २६/
विश्व भूटानी साहित्यिक संगठन (जि.वि.एल.ओ.)का अध्यक्ष अमेरिका निवासी कर्ण गुरुङ साहित्यदूत सम्मान बाट विभूषित हुनु भएको छ । विश्व नेपाली साहित्यिक महासंघले नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै हरेक तीन बर्षमा प्रदान गर्ने सहित्यदूतबाट गुरुङ सहित अन्य आठ जनालाई विभूषित गरेको हो ।
विश्वमा रहेका सबैभन्दा अग्ला १० वटा हिमाल मध्ये ८ वटा नेपालमा रहेकोले तिनै आठ हिमालको प्रतिक स्वरुप आठ जना साहित्य सेवीलाई तीन तीन बर्षमा सम्मान गरिने कार्यक्रम अन्तर्गत यस बर्ष गुरुङ सहित ८ जनालाई विभूषित गरिएको महासंघ अध्यक्ष सुरेन्द्र लिम्बु परदेशी र महासचिव सुनिता राई कन्दङ्वाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ ।
नेपाली भाषा सहित्य क्षेत्रमा पुर्‍याएको योगदानको करद गर्दै गुरुङलाई साहित्यदुत सम्मान मनास्लुले विभूषित गरिएको विज्ञप्तिमा जनाईएको छ । भविष्यमा पनि साहित्यिक गतिबिधि अझ उत्कृष्ट हुने विश्वास लिएको भन्दै महासंघले जारी गरेको विज्ञप्तिमा आगामी दिनमा महासंघसँगको सम्बन्ध अझ सुमधुर हुने समेत जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here