अध्यक्षमा भद्र राई निर्वाचित

0
31

भुट्निज नेप्लिज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए)को नौं शिखर सभाले पास्टर भद्र राईलाई पुनःतीन वर्षको लागि बिएनसीएको अध्यक्षमा निर्वाचित गरेको छ ।


अमेरिकाको पेनसेलभिनिया ह्यारिसिवर्गमा भर्खर (शनिबार) सम्पन्न हुदैं गरेको विएनसीएको नौं शिखर सभाले राईलाई बिएनसीएको अध्यक्षमा निर्वाचित गरेको कुरा बिएनसीएको सामाजिक संजालमार्फत यो समाचार तयार पार्दासम्म जानकारी गराइएको हो ।


त्यसैगरि बिएनसीएको महासचिवमा पास्टर पुष्प रसाईली र कोषाध्यक्षमा पास्टर शुभाष लहगुन निर्वाचित हुनुभएको हो ।
घोषणा सभामा बिएनसीएका पूर्व अध्यक्ष रेभ पास्टर नर्बु तामाङले आगामी एक महिनाभित्र बिएनसीएको केन्द्रीय कार्यकारीणी समितिले पूर्णता पाउँने जानकारी गराउनु भएको हो ।


नवँनिर्वाचित अध्यक्ष पास्टर भद्र राई कनान भुटनिज चर्चका पास्टर हुनुहुन्छ भने ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियन फेलोसिप(जिएनएससीएफ)का अध्यक्ष पनि हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here