श्रष्टा हरि उप्रेतीको “गुनासो “

0
814

अर्जुन

जुनसुकै क्षेत्रमा रहेपनि, संसारको जुनसुकै कुनामा रहे पनि भाषा अनि संस्कृती बचाउन सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हुन हरी उप्रेती । 

नेपालीभाषी भुटानी श्रष्टा हरि उप्रेतीले धेरै विधाहरू गीत ,कविता ,गजलमा विषेश कलम चलाउदै आउनुभएको हामी सबैलाई अवगत छ । तर , यस समयमा हरी उप्रेतीले“गुनासो “गजलकृतीको लोकार्पण भव्य रुपमा २६ दिसेम्बर समाजसेवी आर.के उप्रेतीको  प्रमुख अतिथित्यमा सम्पन्न गराएका छन्। 

मातृभाषा संरक्षण समूह र कोलम्बस साहित्यिक तथा सांस्कृतिक मन्चको आयोजनामा आयोजित कार्यक्रममा गजल कृतीको लोकार्पण गरिएको हो । कार्यक्रमको सभापतित्व पूर्ण नर्जाली जलनले गर्नुभएको थियो । सोही कार्यक्रममा विभिन्न राज्य बाट धेरै लेखकहरु भेला भएका थिए ।

 कार्यक्रममा गंगा लामिटारेको  विषेश अतिथीका साथै अरु धेरै अग्रजहरुको उपस्थिती थियो । कृतिकारको बारेमा भिम ढकाल, अर्जुन रसाइली र रन खड्काले बोल्नुभएको थियो । 

कृतिकार स्वमले पनि आफ्नो कृती कसरी जन्म गयो भनेर बोल्नुभएको थियो । 

कार्यक्रममा साहित्य परिषद भूटानका अध्यक्ष गंगा लामिटारेले भाषा बचाउने अभियानमा सबै लाग्नुपर्ने र त्यसका लागी आफ्नो घरबाट सुरु गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रम सारदा धितालले सन्चालन गर्नुभएको थियो । प्रमुख अतिथीको हातबाट दीप प्रज्वलन गरेर सुरु भएको कार्यक्रममा अन्जान भूटानी, शेखर कोइराला, इश्वर ढकाल, सुसन माझी, अविनाश भट्टराइ एक्स्ट्रा, आभास रिखाम, अर्जुन रसाइली, रन खड्का जस्ता प्रशिद्ध साहित्यकारहरुको वेजोड प्रस्तुती पनि रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here