बहुपक्षीय वार्ताको माग गर्दै प्रमलाई पत्र

0
650
बहुपक्षीय वार्ताको माग गर्दै प्रमलाई पत्र

बेलडाँगी-२९/१२/२०२१

भूटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति(बि.आर.आर.आर.सि)ले दुई पक्षीय भूटान-नेपाल वार्ता विफल भएको भन्दै बहुपक्षीय वार्ताको माग गरेको छ ।

२८ दिसेम्बार २०२१ का दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाएको अपिलमा शरणार्थी समस्या हल गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गरेको छ ।

स्थापना कालदेखि भूटानी शरणार्थीहरुलाई स-सम्मान आफ्नो भूमि भूटानमा फिर्ता गराउन पहल गर्दै आएको सो संस्थाका अध्यक्ष डा. भम्पा राईले प्रम शेरबहादुर देउवालाई पत्र पठाएका छन् ।

झण्डै ७ हजारको संख्यामा रहेका भूटानी शरणार्थीलाई उनीहरुको इच्छा अनुसारको हल खोज्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ । साथै ४ दिसेम्बार २०२१ का दिन सञ्चार माध्यममा आएका समाचारप्रति चासो राख्दै ४२९ जना भूटानी शरणार्थीलाई परिचय पत्र दिने कुरा सकारात्मक भएको जनाएको छ ।

उक्त पत्रमा भूटानी शरणार्थीहरु परिचय पत्र पाउनबाट नछुटुन् र अभूटानीहरुलाई भूटानीको नाममा परिचय पत्र प्रदान गर्ने खेल नहोस् भनी उल्लेख गरिएको छ ।

पत्रमा अध्यक्ष राईले लेखेका छन्—शरणार्थी सम्बन्धि कुनै पनि महत्वपूणर् निणर्य लिँदा  बि.आर.आर.आर.सि.सँग परामर्श गरियोस् ।

साथै तेश्रो देश पुनर्वास र स्थानीय एकिकरणमा जान चाहाने शरणार्थीहरुको विषयमा पनि नेपाल सरकारको औपचारिक धारणाको माग समेत गरेको छ ।

अपिलको पूर्ण पाठ पढ्नुहोस् ।

बहुपक्षीय वार्ताको माग गर्दै प्रमलाई पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here