श्वेतपत्र महाकाव्यः एक विवेचना

0
754
                                                                                       अर्जुन प्रधान
दक्षिण एशियाली राजनीतिलाई मात्र मूल विषयवस्तु बनाएर काव्यिक छटा निर्माण गर्ने नेपाली साहित्यकारहरूमध्ये यस पंक्तिकारलाई ज्ञान भएसम्म श्वेतपत्र महाकाव्य का स्रष्टा खेमनाथ दाहाल नै सम्भवतः प्रथम हुनुपर्छ । श्वेतपत्र महाकाव्यका विभित्र अंशहरूमा समेटिएको कवि दाहालको मूल भावना अनुसार इतिहास कदापि मर्दैन, बरु युगौं युगपर्यन्त ज्ञान र प्रेरणाको श्रोत भएर परिवर्तनको संवाहक भइरहन्छ । अतीतलाई वर्तमानसँग तादात्म्य गराउँदछ र पुनः दोहोरयाउँदछ समाजलाई अग्रगमनतर्फ र लोकप्रिय भएर हङ्गामा मचाइरहन्छ पटकपटक । राष्ट्र र, राष्ट्रियता र आप्mनो स्वभिमानको खोजीमा लडेका, मरेका ज्ञात–अज्ञात शहीद पुर्खाहरूका पौरखी पदचिन्हहरूलाई, सदा सर्वदा पछ्याउँदछ नयाँ पुस्ताले र विशाल धर्तीलाई इतिहासको पुस्तकका रूपमा अध्ययन गरी परिवर्तनशील पाइला चाल्छ कतै व्रmान्तिका रूपमा र कतै महान् परिवर्तनका रूपमा जसको फलस्वरूप ढल्दछन् साम्राज्यवादीका साम्राज्यहरू र सामन्तवादीका महलहरू !
हालै प्रकाशित श्वेतपत्र नामक महाकाव्यका सर्जक खेमनाथ दाहालको भनाइ हो यो । महाकाव्यकार वा कवि दाहालका अनुसार हुन त इतिहासभित्र पनि देखाउने र चबाउने हात्तीका दाँतरुैं दुईटा पक्षहरू हुन्छन् एउटै कथाभित्र ।
श्वेतपत्रमार्फत कवि दाहालको विचार प्रस्फुटन भएको छः —राज्य एकीकरणको बेला नेपालले टिस्टादेखि कांगडद्दघटद्धासम्म आर्जेको, सिक्किमले दार्जीलिङदेखि पूर्णियासम्म आर्जेको भूभागलाई ब्रिटिश साम्राज्यवादले मेची—महाकालीभित्र संकुचन गरी नेपाललाई अपांग बनाई अरू पूर्वदेखि पश्चिमसम्मका धेरै ठाउँ—ठाउँमा शक्तिको आडमा दशगजा कायम गरेर साम्राज्यवादको नांगो नाच देखाउँदै अन्ततः भारतीय विस्तारवादको पोल्टोमा बुझाएको कटु यथार्थता छ भने भूटानले सिमाना मिचाउँदै कहिले भारत त कहिले चिनलाई अनि कहिले बंगलादेशसित विभित्र दस्तावेजमा हस्ताक्षर गरी आफू दासताको सुलिमा रहँदै अरूलाई विकासमा पुज्ञटछयाएको र हुँदाहुँदा सिक्किमले अस्मितासमेत बली चढद्दघटद्धाउनु परेको इतिहासलाई भावी पिढद्दघटद्धीले अवश्य मनन् गर्नेछ र शक्ति सञ्चय गर्ने छ आप्mनो मुक्तिका लागि भनने  अपेक्षा गर्नु अवश्य नै अपराध नहोला ।
महाकाव्यमार्फत कवि दाहाल भत्रुहुन्छ—
दशगजाको रक्षा खातिर देशडद्दज्ञज्ञजनताको सुनिश्चित भविष्यको निम्ति साना—ठूला देशहरूले विभित्र पहल गर्दै ठूलडद्दज्ञज्ञठूला युद्धसमेत लड््नुपरेको भयावह परिस्थिति र अहितकर सन्धि—सम्झौतामा हस्ताक्षर गर्नुपरेका प्रकरणहरूमा लुकाइएका बुँदाहरूलाई २१औं शताब्दी पुस्ताका युवाहरूले आप्mनो ठाँउबाट वकालतको विषयमा अभ्यास गरी जनताको साहस बटुलेका छन् र निरन्तरताको अभियानमा छन् ।
आला—काँचो—रगतद्वारा लेखिएका नेपाल—बेलायतबीचको सुगौली सन्धि, ब्रिटिस एङ्गलो वार, तितालिया सन्धि, टी इस्टेट सन्धि, दार्जीलिङ एकीकरणको सन्धिदेखि गोर्खाल्याण्ड आन्दोलनमाथि दबाउने नियतले गरिएका सन्धिरूपी प्रपञ्चहरू, सिक्किममाथिको असंवैधानिक ठाडो हस्तक्षेपको प्रकरणबाट निस्केको विकल्पको सन्धि आदि असमान सन्धिहरू २१औं शब्तादीसम्म आइपुग्दा पनि छलकपटबाट अद्यावधिक गर्न खोज्नुले नवसाम्राज्यवादले विस्तारवादको बुई चढेर दक्षिण एशियाका शान्तिप्रिय राष्ट्रहरूलाई व्रmान्तिका बिरुवा सिंचन गर्न बाध्य बनाइरहेको कटु सत्य सबैले स्वीकार्नु आजको यथार्थता हो भत्रमा अत्युक्ति नहोला ।
वीर गोर्खालीहरूको वीरतालाई नै सिँढीको रूपमा प्रयोग गरी विश्वसामु खुल्ला हात हल्लाउने नवसाम्राज्यवादी, विस्तारवादी राज्य समाजवादको मखुण्डो लगाएर आज हाम्रोसामु देखापरिरहेको छ । गोर्खालीहरूको अधिकारप्राप्तिको आवाजलाई बुलन्द हुनबाट रोकेर पुन १९१४ देखि १९५० सम्मको इतिहासका पाना पल्टाउन बाध्य पारिरहेको छ । वर्तमानलाई आप्mना अनुकुल बनाउन जस्तोसुकै निर्लज्जता प्रदर्शन गर्न नहिच्किचाउने यसको ज्वलन्त उदाहरण भूटानी शरणार्थी समस्याको अघोषित जन्मदाता हुनु र आप्mनी रखौटी (भूटानी दरवार)—ले भूटानी आमाका सन्तानहरूलाई दिएको यातनाप्रति सहानुभूतिका एक शब्दसम्म नबोल्नु र उल्टै कम्बल ओडेर घिउ खाने प्रवृित्त देखाउनु हुन् भन्दा केही अतिशयोक्ति नहोला ।
अन्याय, अत्याचारपछि जबरजस्ती लादिएका दस्तावेजहरू खारेज गर्नुको साटो उल्टै कला, साहित्य, संस्कृति प्रवर्धनको नाममा हिमाली राज्यहरूबीच आप्mना शकुनी राजदूत पठाएर षड्यन्त्रको खेल खेली भाइचारा सम्बन्धमाथि घातप्रतिघात गरी राष्ट्रको स्वाभिमान लुटेको हामीले कहिले कालो झण्डाले त कहिले रिङ्गन झण्डा उठाएर अनवरत रूपमा विरोध गरिरहेका छौं । देशको अस्मिता जोगाउन प्राकृतिक श्रोत, दशगजामा अतिव्रmमण गर्ने विश्वासघातिमाथि छापामार युद्ध पटक—पटक नलडेको होइन नेपाल, भूटान, सिक्किम—दार्जीलिङका गोर्खालीहरूले तर विजय हातमा पर्नुभन्दा अगावै कुर्सीमोहका गोर्खाली नेतृत्वलाई अदृश्य खुनी पञ्जाहरू आइपुग्छन् संरक्षण दिन र आवाजविहीन बनाई पिँजडामा थुनिदिन्छन् गोर्खालीहरूको भविष्य । आज धेरैलाई गुण्डाराज अन्त्य गरी भयरहित देशको रणनीति बनाउनुपर्ने बाध्यताको समयमा पैसामा रचेको खेलले देशका कति नाइकेहरू खलनायकको इसारामा नाची देशबासीलाई विस्थापित गर्दैछन् र कति गरे भनेर दुस्वप्नमा रमाइरहेका छन् । तिनै राजनैतिक चलखेलका पञ्जामा कसिएका सन्धिहरूका कारण नेपालीभाषीहरू भूटानबाट, सिक्किमबाट, बर्माबाट, भारतलगायत नेपालका ठाउँ—ठाउँका दशगजा मिचिएपछि शरणार्थी अवस्थामा शरण खोजिरहेका छन् भन्दा फरक नपर्ला ।
आज तिनलाई पहाड बनाएर घरभित्रका सामान्य मनोमालिन्यलाई युद्धाभ्यासको हल्लाको रूप दिँदै आप्mनै दिदी—बहिनीबीच लडाईं गराएर बेमेललाई फाइदाको खेतीझैँ आप्mनो सफलताको उब्जनी सम्झी मालिक भई घरदेश र परदेशका नागरिकलाई दासीतुल्य बनाउन प्रयत्नरत विशाल राज्यलाई चेतावनीका साथ सचेत गराउँदै आप्mना यस्ता घृणित कुकृत्यबाट कति पनि विचलित नभएको सन्देश दिँदै सकुनीलाई वेनकाब पार्दै मैदानमा उतारी सामाजिक, आर्थिक, धार्मिक, सबै परिवेशलाई समेटेर भू—खण्ड बीचका रेखीहरूमा सिर्जनात्मक शैलीमा एक्काइशौँ शब्तादीका महाकवि खेमनाथ दाहालले श्वेतपत्र महाकाव्यमा ऐतिहासिक पृष्ठभूमिलाई सकारात्मक रूपमा रेखी बाँधी सबैको मन—मुटुलाई दरो पार्न आग्रह गर्दै चेतावनीसमेत दिनुभएको छ ।
इतिहासले हामी सबैको यथार्थ अभिलेख राख्दछ, चाहे हारमा होस् या जीतमा । गोर्खालीहरूको वीरता युगीन घडीसम्म जीवित रहिरहेको छ, रहिरहनेछ किनकि गोर्खा अविजीत छ, गोर्खाली वीरताको प्रतीक छ । तसर्थ, हामी बाँचेको बाटो आज कता हो, कस्को हो भत्रे, सोच्ने दिन कम्तिमा पनि दिनको विहान र बेलुकाको समय आएकोमा कवि दाहाल श्वेतपत्र महाकाव्यमार्फत मञ्चमा उदाउनु भएको छ जोश, जाँगरका साथ, इतिहासको सकारात्मक गोरेटो देखाउनका लागि ।
महाकाव्यमा समाजशास्त्रको विषयमा नेपाल (ठुलीदिदी) ,सिक्किम 
(माइली) र भूटान (कान्छी) भित्र भईआएका आन्तरिक समस्या, छिमेकीको लुछाचुँडी आदिलाई राम्रोसँग केलाई विश्वका सङ्घ—संस्था, मानव अधिकारका ठूला—ठूला कुरा गर्ने संस्था र राष्ट्रहरूलाई फेरि एकचोटि उनका गलत व्यवहारप्रति औँला ठड््याएर उनीहरूले गरेका पूर्व गलत निर्णयलाई सही निर्णयमा रूपान्तरण गर्न प्रस्थानविन्दु बनाइदिनु भएको छ कवि दाहालले ।
श्वेतपत्र महाकाव्य एक हजार एक सय ११ कवितागुच्छामा पुरै परिवारिक संवादका साथ नाटकीयरूपमा नेपाल, भूटान र सिक्किमका कथाव्यगाथाहरूलाई मूलभुत रूपमा रोचकताका साथ अघि बढाई निरङ्कुशता, विस्तारवाद, साम्राज्यवाद र औपनिवेशिकताको अघि नेपाली स्वाभिमानलाई उच्च राखी भाइचारा सम्बन्धलाई कायम राख्नुपर्छ भने घोषणाका साथ महाकाव्य पन्ध्र सर्गसम्म अनुष्टुप छन्दमा रचिएको छ ।
विषय प्रवेष
पहिलो कविता सङ्ग्रह श्रद्धाञ्जली (२०५४), दोश्रो हार्वर्डको चौतारीमा (२०६३), रश्मि (खण्डकाव्यः २०५६), योद्धा (काव्यः  २०६०) पछि प्रस्तुत स्वेतपत्र (महाकाव्यः २०६७) गरी पाचौँ कृति महाकाव्यका रूपमा पस्किनु हुने खेमनाथ दाहाल विं.सं २००९, तेह्रथुम, (लाब्री) मा पिता स्व.पं.ज्यो सोमनाथ र माता जानुकादेवी दाहाल कोखबाट जन्मनु भएको रहेछ ।
आफूमा चेतना आएदेखि नै देशको माटोमा अन्याय, अत्याचार, कुसंस्कार, भेदभाव आदिमा आप्mनो स्वतन्त्र अभियानको कलात्मक प्रस्तुती प्रष्टरूपमा खुलेर गर्ने कविको सबल पक्ष र चरित्र हो । कविका कलमबाट जन्मलाई निम्नप्रकार प्रस्तुत गरिएको छ—
जन्मनै नदिऔं हामी नवलेण्डुप कोखमा
नदिऔँ छिर्न द्रोहीको आत्मा स्वच्छ हिमालमा
फुकौं बिगुल हामी लौ स्वत्वमाथि चियाउने
दुष्ट पापीहरूलाई छिया—छिया बनाउने’ (पृष्ठ २३४—२६)
जन्मको अर्को जिम्मेवारी पक्ष देश निमार्णमा घातप्रतिघात गर्ने द्रोहीलाई वर्तमानमा निर्मित स्वाभिमान र स्वतन्त्रताको बिगुल फुकी कोखभित्रै सूलीमा चठाउनुपर्छ महान् आमाले । आमाको स्याहार—सुशार, लालन—पोषण, भेष—भाषा एक हुन्छ । मानवीय प्रवृित्तलाई दुष्ट—पापी योजनामा परिर्वतन गर्ने सन्तानको घिनलाग्दो खेलले आज देश र दूरदेशमा रहेका नेपालीहरूको योजना, लक्ष, अनुसाशनलाई अन्धकारमय बनाइदिएको छ । त्यहि अन्धकारमय जीवनमा आप्mनो सुनिश्चित भविष्य खोज्न कवि नौलो व्रmान्तिको श्वेतपत्रमार्फत खुला मैदानमा गाउँ, सहर र हिमाली राज्यबाट जनतालाई सशक्त रूपमा बुलन्द आवाज निकाल्न आह्वान गर्नुहुन्छ —
मशाल जब सल्कन्छ झन्डा बोकेर स्वत्वको
कदापि रोक्न सक्तैन शक्तिले पनि दैवको
जनता शक्ति हो मान प्रलय छालको सरि
जस्तै शक्तिहरू ढल्छन् वशमा त्यसको परी —(सर्ग एक—३५)
देशमा विभित्र नाउँमा जबर्जस्त लुटपाट, हिमाली दिदी—बहिनीहरूमाथि चरम यातना भएको बेला कवि शासकलाई वा राजाहरूलाई श्वेतपत्रमार्फत हरेक सन्धिको खारेजी, त्यसमा दशगजाको संरक्षणमा अहोरात्र लाग्नुपर्ने, पौराणिक कथालाई उपमाको रूपमा प्रस्तुत गर्दै, निरन्तर जीवित राखेमा जनताले ग्रन्थमा गीत गाउने देश र जनतामाथि विश्वाश नगरेमा अस्तित्व लोप भइजानेमा औलो उठाउनु हुन्छ । हिमाली राज्यबाट विभेदकारी नीतिबाट सर्वस्व गुमाई विस्थापित भएका माईली (सिक्किम) र कान्छी (भूटान) बहिनीहरूप्रति आप्mनो भयभित घटना लुकाउँदै शान्त र शालीन हुँदै ठुली दिदी (नेपाल) भत्रुहुन्छ देश र दुरदेशबीच भएका सन्धिका कथा —
हाम्रो हो एउटै मूल हाम्रा बाबु हिमालय
सर्ग दुईः २,११, सर्ग तीनः ५, सर्ग चारः २८, सर्ग चारः १, सर्ग
६—४१, सर्ग दशः २८
राजा र जनता मिल्दा विग्रह हुत्र राजमा
सर्ग सातः १०—६१सम्म,सर्ग बाह्रः ९८
जो मरे पनि मेरै हुन प्रिय सन्तान आखिर
सर्ग पाँचः ७—२७, सर्ग एघारः १२
प्रकृतिमा अनेकता होला तर सारांशमा प्रकृति एउटै छ ब्रह्माण्डमा त्यस्तै कवि दाहालको प्रस्तुति, दृष्टिकोण फरक देखिएला तर, समस्त भाव अडेको छ राष्ट्र अनि राष्ट्िरयतामा । कवि “म” पात्र भएर परिवारिक सदस्यका रूपमा सिकिम, दार्जीलिङ, भूटानका कुनाकाप्चा हुँदै बेलायत देखि काश्मीर अनि चाइनासम्म पुगी त्यहाँ भएका नकारात्मक चलखेललाई नाटकीयरूपमा दिदी—बहिनीलाई मूलपात्रको रूपमा अघि बढाई उनीहरूको पीडा, भयलाई आफूसँग हरेक प्रमाण बनार्ई विश्व अदालतको कठघराबाट श्वेतपत्रमा शान्त, सदभावका साथ लेखिएको ऐतिहासिक एजेण्डामार्फत तीन दिदी बहिनीको आपस्तमा भाइचारा सम्बन्धलाई नजिक र गाढा बनाउने घोषणाका साथ आवाज बुलन्द गर्नुहुन्छ ।
(क) सिक्किम छिट्टै सार्वभौम—स्वतन्त्र हुनुपर्छ । नेपाल र भूटान पनि आप्mना स्वत्वको अडानमा बस्नुपर्छ ।
(ख) सुगौली सन्धि पूर्वको नेपालको सबै भूमि र भूटानको कुचविहारसम्मको क्षेत्र पmिर्ता हुनुपर्छ ।
(ग) यथाशक्य संघराज्य बनाएर त्यसमा नेपाल, सिक्किम, भूटान, गोर्खाल्यान्ड र लद्दाख सामेल भई नयाँ हिमाली गणतन्त्रको स्थापना हुनुपर्छ ।
(घ) अब परतन्त्रमुखी बत्र हुँदैन आप्mनै बल, औकात र साधनले देश विकास गर्नुपर्छ ।
(ङ) सारा शरणार्थीहरू सम्मानसाथ स्वदेश भूटानमा फर्कन पाउनुपर्छ ।
(च) “रअ” को चलखेल बन्द हुनुपर्छ ।
(छ) शान्ति क्षेत्रको घोषणा र असमान सन्धि खारेजी हुनुपर्छ ।
आज विश्वभरि विभित्र माध्यममार्फत प्रचारप्रसार भइरहेका एजेण्डा पनि यिनै हुन् । गोर्खाल्याण्डका सुवास घिसिङ, विमल गुरुङ, सिक्किमका पवन चाम्लिङदेखि भूटानका टेकनाथ रिजाल, बर्माकी आङसान सुकी, पाकिस्तान, रुस, इरान आदिसम्मका नेतृत्वकर्ताहरू अनि महाकाव्यमार्फत दार्जीलिङका महाकवि मोहन दुखुन, भूटानका महाकवि डिल्लीराम आचार्य हुँदै युवा प्रतिनिधि कवि तथा महाकवि खेमनाथ दाहालसम्मले श्वेतपत्र महाकाव्यमार्फत स्वतन्त्रता भई एक्काइसौं शताब्दीसम्म खोसिएका पौत्रिक तथा दुर्लभ ऐतिहासिक सम्पत्तिहरू पmिर्ता लिने उद्घोषण गर्नुभएको छ —एक्काइसौं शताब्दीको श्वेतपत्र विरोधको
घोषणा हो सबै हामी हिमाली अधिराज्यको
हुन्छ सिक्किम चाँडै नै स्वतन्त्र सार्वभौमको
भूटान अनि नेपाल हुन्छन् स्वत्व अडानको ।’ (सर्ग १५— ५)
भूटानी राजतन्त्रले गरेको कठोर दमन, जनतालाई मातृभूमि छाड्न पारिएको विवशतामाथि प्रहार गर्दै कवि नेपाल र विश्वका कुना कुनासम्म पु¥याइएका शरणार्थीलाई आप्mनो अधिकार, शान्ति अथवा क्रान्तिको जुनसुकै मार्गबाट भए पनि पुनः प्राप्त गरी निर्वाध रूपले स्वदेश प्रवेशका लागि भूटान आमाबाट गरिएको आह्वानलाई यसरी व्यक्त गर्नुभएको छ—
कदापि नबिर्स हे मेरा कर्णधार तिमीहरू
भत्केका घर तिम्रा र निमुखा स्वजनैहरूज्ञघ
हेर्दैछन् पथ तिम्रै त्यो फर्कने छौँ भनीकन
व्रmान्तिको पुञ्ज बोकेर आउँदै छौं भनीकन ।। (पृष्ठ १६७)
 आज दक्षिण एशियाका साना राष्ट्रका निम्ति भारतको भूमिका सन्तोषजनक नरहेको कुरा जगजाहेर छ । पाकिस्तान विभाजनदेखि लिएर श्रीलङ्काको गृहयुद्ध होस अथवा भूटानमा जातीय सफाया अभियान, नेपालका आन्तरिक मामलामा अनावश्यक हस्तक्षेप, सिक्किमको अन्यायपूर्ण विलय सबैमा भारतको तानाशाही प्रवृित्तको नांगो नाचप्रति लक्षित गर्दै कवि लेख्नुहुन्छ—
लियो दक्षिणले आमा नीति दुष्ट प्रवृित्तको
बाली छिमेकमा आगो ताप्छ ज्वाला अशान्तिको
तसर्थ कहिल्यै आमा शान्ति छैन छिमेकमा
बंगलादेश, बर्मा र पाकिस्तान सिलोनमा ।। (पृष्ठ १४१)
महाकाव्य श्वेतपत्र आफैंमा पनि स्वच्छ अनि ओजपूर्ण भावहरूको परिवारिक नाटकीय वार्तालाप हो । कवि विश्व साम्यवाद हुँदै विस्तारवाद सम्मका गाथाहरूलाई सँगालेर नयाँ पुस्ताका युवा जनमानसलाई जागरण गराउँदै साम्राज्यवादको अध्ययनमा अमेरिका प्रवेश हुनुभएको छ ।
सिक्किमलाई भारतमा गाभिएको कुरालाई कतिपय भारतीय विद्वानहरूले नै निन्दनीय कर्म भनेका छन् । सुनन्दादत्त रायले ‘स्म्यास् एण्ड ग्र्याब’ जस्तो कृति जसमा सिक्किमको भारतमा विलयनको वस्तुनिष्ठ तथा सन्तुलित अन्तरकथा लेखेर विश्वसमक्ष राखिसकेका छन् भने श्वेतपत्र महाकाव्यमार्फत कवि खेमनाथ दाहाल पनि सोही अनुरूप गर्नचाहनुहुन्छ । गाभ्न के देश अर्काको सक्छ अर्कै विदेशले—
विधेयकहरू ल्याई गाभ्न मिल्छ विधानले
त्यसै हो, हुन्छ यो मान्य भने के अन्य देशले,
गाभ्यौ भारत भन्दैमा मान्छ भारतवर्षले ।
यतिमात्र होइन सिक्किम आमाका सन्ततिलाई आप्mनो गुमेको अस्मिता फर्काउन उठ जाग भन्दै उत्साहित पनि गर्दछन् कवि दाहाल —
झुप्पा सुनाखरीका र हिमाली टाकुराहरू
भगवान् बुद्धका आँखा घण्ट मन्दिरकाहरू
तिमीलाई सधैं भन्छन् जाग रे अब सिक्किमे
नहोऊ अब मुर्दाझैँ आप्mनो अस्तित्व बिर्सने ।। (पृष्ठ १०४)
सुगौली सन्धि वास्तवमा बलका भरमा लादिएको सन्धि हो । यसको नेपालको तर्फबाट अनुमोदन भएकै छैन भन्दै कवि दाहालले यस असमान सन्धिलाई चाँडोभन्दा चाँडो खारेज गर्नुपर्ने कुरामा जोड दिँदै सन्धिको दुर्गन्ध नामक शीर्षकमा यावत् वृत्तान्तको अति मार्मिक तवरबाट उत्खनन गर्नुभएको छ । साथै नेपाली मूलभूमिबाट छुट्याइएका भूभाग र सन्ततिलाई नेपाल आमा र उनका सन्ततिले कदापि भुल्न, त्याग्न सक्तैनन् भत्रे कुरालाई यसरी नेपाल आमाको कथनबाट प्रष्ट पारिएको छ —
सिरमौर म सम्झन्छु गोर्खाल्याण्ड झनै अरू
मबाट दूर पार्नाले टुहुराझैँ भए सब
हरिद्वार र अल्मोडा, कुमाउ, देहरादून
गंगा र जमुना सम्झी काट्तैछु तड्पँदै दिन ।। (पृष्ठ १११)
WRITER : Arjun Pradhan
राष्ट्रिय स्वाभिमानको कुरा, राष्टको अखण्डता, देशप्रेम तथा राष्ट्रवादकै सेरोफेरोबाट ओतप्रोत भई लेखिएका यस कृतिका हरेक श्लोकहरू आफैंमा ओजपूर्ण र उपमेय छन् । सायद यिनै कुरालाई दृष्टिगत गरी श्वेतपत्रको भूमिकामा प्रा. गोपिकृष्ण शर्मा लेख्नुहुन्छ—
समाजबाट विषय लिएर कलात्मक ढङ्गले काव्यिक रूप दिइएको श्वेतपत्र महाकाव्यमा युगबोधका साथै प्रगति र रूपान्तरणका सन्देशहरू पाइन्छन् । श्वेतपत्रको घोषणाले अब हिँड्ने यात्रा पथको निर्देश गरेको छ । इतिहास र वर्तमानमा वर्णनप्रधान विषय यहाँ आएर काव्यिक बनेका छन् र साहित्यिक मूल्यवत्ता कायम गरेका छन् ।
इष्र्यालाग्दो कृति श्वेतपत्र भन्दै भूटानी मानवाधिकारवादी नेता टेकनाथ रिजाल यस कृतिको भूमिकामा लेख्नुहुन्छ—
‘नेपाली मूलको भएर हामीले संसारका जुनसुकै कुनामा रहे पनि आप्mनो जाति, धर्म र संस्कृतिको बचावटका लागि गरेका संघर्षको कथा हो यो महाकाव्य । कवि दाहालबाट अरू महत्वपूर्ण कृतिहरूको अपेक्षा गर्दै शुभकामना ।’
नेपालको सबै भूमि सुगौली सन्धि पूर्वको
भूटानको सबै भाग कुचविहारसम्मको
मुक्तिको चाहना गर्दै बाँचेका सिक्किमे प्रति
बनौं उत्तरदायी र लियौँ यौटा नयाँ गति ।। (पृष्ठ २३०)
श्वेतपत्रको मूल आह्वान के हो भने ठूला देशले ससाना देशलाई हेलाँहोचो गर्छन् भने नौलो व्रmान्तिको बिगुल फुक्न पछिपर्नु हुँदैन । आजसम्म जति जति अन्याय, अत्याचार सह्यौँ, त्यसलाई पर्दाफास गर्नका लागि कतै कसैको आड—भरोसा नलिएर असमान सन्धिको खारेजीमा एउटै भएर स्वतन्त्रता, सार्वभौम देशको लागि एउटै आवाजमा सबै देशबासी लडौँ अनि परिआएमा प्रतिकार गरौं ।
सार्वभौम लुटी कोही बत्र खोज्छ महान् भने
अन्यायी रूपमा कोही हेप्न खोज्छ यदा भने
प्रतिकार गरौं हामी भई समान एउटै
गरौँ विरोध, विद्रोह साना देशहरू सबै…’ (सर्ग १५— ६)
एकलाई पर्दा अर्को कम्मरमा हात राखी हेर्ने दिन गएकोसमेत चेतावनी दिँदै कवि उर्जाशील युवाका प्रतिनिधि पात्र भएर युगीन सन्धि या आन्दोलनदेखि सन्धि प्रकरणसम्मका साझा सवाललाई विशाल रङ्गमञ्चमा उभिएर उद्घोषण गर्दै सशक्त अभियानमा घरदेश र दूरदेशका भयभीत नेपालीभाषीलाई एकै सन्तान हौँ भत्रे मनोभावनाका साथ एकताबद्ध  साथसाथ हात उठाउन अपील गर्दै हुनुहुन्छ श्वेतपत्रमार्फत—
हौँ एकै बाबुका छोरी मात्र नाम अनेकन
एउटै रक्त हो हाम्रो मात्र क्षेत्र विभाजन (सर्ग पन्ध्रः ११)
कविले अत्यन्त मार्मिक हुँदै विश्व इतिहासलाई मसिनोसँग केलाउँदै विभित्र सन्धिमार्फत देश र जनतामाथि भएको र भइआएको चरम यातनाको दृश्य खुल्लारूपमा देखाइदिनुभएको छ । कहिले विश्वको व्रmान्ति देखाएर त कहिले घरदेशमाथि छिमेकी देशले गरेको बलात्कार, राजमोहमा बसिखानेलाई कविले अगाडिबाट ऐना देखाई भूल सुधार्न मौका दिनुभएको छ । सुधार नभएमा आन्दोलनको स्वरूप परिवर्तन हुने कविको घोषणा छ । त्यसर्थ, कवि खेमनाथ दाहालले श्वेतपत्रमार्फत् समाज परिवर्तनमा धेरै गोरेटोहरू पहिल्याउनु भएको छ । समाजभित्रका सामाजिक कलंक, कुसंस्कार, रीतिरिवाज, भेषभुषा हुँदै पञ्चायतसाशन प्रणालीले अङ्गिकार गरेका कैयौँ विकृतिको पनि कविले विरोध जनाउनु भएको छ । त्यसै गरी छिमेकी राष्ट्रहरू सिक्किम, भूटान, बर्मा आदिका नेपालीभाषीमाथि भइआएका हिंसाहरूको उन्लेख गर्नुभएको छ । त्यसमा हुन सक्नेसम्मका समस्या समाधानको पाटो पनि कविज्यूले श्वेतपत्रमार्फत नेता—कर्ताहरूलाई कति नहिच्किचाई सम्झाउनु भएको छ ।
अन्त्यमा, एउटा सामामन्य परिवारभित्रको वार्तालापलाई कविले पुनर्मिलनपश्चात् देश—देशबीचमा ठूला देशले गरिआएका असमान सन्धिहरूको खारेजी, विस्थापनलाई पुनस्र्थापन, हिंसाको लहरलाई परिवर्तन गरी शान्तिपूर्ण, गणतन्त्रात्मक देश घोषणा हुनुपर्ने, महिला दिदी—बहिनीमाथि भइआएका ठूल्ठूला हिंसा प्रकरणहरू भनेको आप्mनी जन्मदातृ—जननीको कोख रित्याउनु हो भन्दै कवि हिंसारहित राष्ट्रको निर्माणमा विश्वपरिव्रmमा गरी जनचेतना फैलाइरहनु भएको छ ।
श्वेतपत्र महाकाव्यभित्र देशप्रेम र असमान सन्धिहरूको ऐतिहासिक रहस्य
इतिहास कसैको लागि सानो—ठूलो हुँदैन । इतिहासले सबै यथार्थताको अभिव्यक्ति गरेको हुन्छ चाहे त्यो पौरणिक कालदेखि युगीन घडीसम्मको किन नहोस । इतिहास जनजनले सोधी, खोजीरहने मूल संविधान हो । ज्ञातअज्ञात सहिदहरूले बगाएको रगत पसिनालाई सलाम चढाउनु हाम्रो कर्तब्य र अनुसाशन हो । तसर्थ, त्यही पहिचानबाट हामी सबैको परिचय विश्वसामु खुलिरहेको छ र सम्मान पनि गरिरहेका छन् ‘जय गोरखाली’ भनेर । हाम्रो वीरताको गाथा विश्वका हरेक कुना कुनामा बुलन्द भई हरेक प्रतिकारमा उठ्ने वीरहरूलाई खुकुरीले इन्साफ दिलाइदिएको छ ।
एक्काइसौं शताब्दीसम्म आइपुग्दा इतिहासमा नेपालीभाषी गोर्खालीहरू कहाँ कहाँ किन चुक्नु पर्यो अनि कुन आधारमा स्वाभिमानको लडाइँमा अहोरात्र मेहनत गरिरहेका छन् भत्रे विषयमा ऐतिहासिक कालखण्ड अध्ययन गरी नौलो व्रmान्तिका लागि थप उर्जाको श्रोतको रूपमा अघि सारिएको दस्तावेज हो कवि दाहालद्वारा लिखित श्वेतपत्र महाकाव्य ।
श्वेतपत्रको भावभित्र नेपाल
हिमाल, पाहाड, तराईमा चारजात छत्तीस वर्णका रङ्गीन फूलहरू फुल्ने सुन्दर शान्त देश हो नेपाल । नेपाली चेली चीनमा भृकुटी ताराझैँ चम्किइन्, जीवन र जगतको लडाइँमा भगवान गौतम बुद्ध, राम—लिलामा शालीन सीता हुँदै पौरणिककालका महान् व्यक्तिहरूको जन्म भइसकेको पुण्यभूमि हो नेपाल । त्यस्तै गौरवशाली राजा, गोर्खालीहरूको स्वाभीमानलाई उच्च राख्नका लागि लिच्छवीकालदेखि लिएर ५२ वटा राज्यलाई पुनर्एकीकरणको अभियानमा साहसी भएर जनताको भावनालाई कदर गरी साहस बटुली गोरखाका राजा भई बाइसे र चौबीसे राज्यलाई एकीकृत गर्दै किराँती राजाहरू जो संघीय प्रान्तहरूको नेतृत्व गरिरहेका थिए—तिनीहरूसँग गरिएका विभित्र सन्धिपश्चात् विजयको शुरुवत १७९९ वि.सं.देखि नुवाकोट, मकवानपुर, कीर्तिपुर, कान्तिपुर, ललितपुरलाई १८२६ सम्म एकीकरण गर्ने राजा पृथ्वी नारायण शाह हुन् ।
एकीकरणको व्रmमलाई निरन्तरता दिँदै वि.सं १८३०—३१सम्म पूर्वको चौदण्डी, विजयपुरलाई मेचीसम्म एकीकरण गरी प्रतापसिंह शाहले चितवनलाई नेपाल बनाएपछि रणबहादुर शाहलाई नेपालको राजा घोषणा गरी गद्दी सुम्पिए तापनि बडारानी राजेन्द्रलक्ष्मी शाहले राज्य सम्हालिन् र फेरि उनकै अर्का पुत्र बहादुर शाहले विं.सं १८३४ देखि निरन्तर १८२४ सम्म बाइसे राज्यको एकीकरण गरी पूर्वको भूभाग जिती सिक्किमको टिस्टासम्म पु¥याएको नेपालको इतिहास श्वेतपत्रले उल्लेख गरेकै छ ।
सिरमौर म सम्झन्छु गोर्खाल्यान्ड झनै अरू
मबाट दूर पार्नाले टुहुराझैँ भए सब
हरिद्वार र अल्मोडा, कुमाउ, देहरादून
गंगा र जमुना सम्रुी काट्तै छु तड्पँदै दिन— (सर्ग दशः २९)
त्यसै गरी अदम्य साहसका साथ १८४४—१८४७ सम्म कर्णाली राज्यको डोटी, जुम्ला राज्य विजय गरेर पश्चिम सिमानालाई महाकाली पारिसम्म विस्तार गरी कुमाउको अल्मोडा हुँदै गढवालको श्रीनगर राज्यलाई नेपालमा विलय गर्दा नगर्दै उत्तरतर्फको छिमेकी तिब्बतसँग युद्ध भई एकीकरणको अभियान रोकिएको पाइन्छ । वर्तमान स्थितिमा आइपुग्दा देशबाट राजामहाराजको अस्तित्व विलय भइसकेको र देश अग्रगमनतिर तीव्र गतिमा जानुपर्ने जुन नेपाल र नेपालीको चाहना थियो त्यसअनुरूप नभएकोमा कविको चासो र चिन्ताको विषय श्वेतपत्रमा प्रष्ट व्यक्त भएको छ ।
भूटान
नेपाल र तिब्बतबीच सिमाना क्षेत्रमा विशाल युद्ध भएपछि तिब्बतीहरू विस्थापित भई हिमाली भूटानक्षेत्रमा प्रवेश गरे । तिनै तिब्बती बौद्धिष्टहरूले धार्मिक स्वायत्तताको लक्ष्य राखेर  १७ औँ शताब्दीमा तिब्बती धर्मगुरु साब्ड्रूङ नावाङ नाम्गेलको नेतृत्वमा भूटानका साना—साना भूभागहरूलाई एकीकरण गरी स्वतन्त्रराज्य स्थापना गरेको इतिहासमा पाइन्छ ।
नाम्ग्याल—जसलाई धर्मराजासमेत भनिन्छ—ले नेपालका राजा राम शाहसँग वि.सं १६२४ मा भूटानको धार्मिक विकास एवं सुरक्षाका लागि १६ परिवार ल्याउनको लागि मैत्रीसन्धि हस्ताक्षर गरी शिल्प र सुरक्षाको लागि नेपालीहरूलाई बसाईं सरुवा गरी राजकीय सम्मानसाथ भूटान प्रवेश गराएको इतिहासमा प्रमाण पाइन्छ । नेपालीहरूले भूटान प्रवेशपश्चात् विशाल राज्यमा परिणत गरेर आवाद गरेपछि सडक—सदन हुँदै प्राकृतिक सम्पदासम्पत्र भूटान वाङचुकको निरंकुशताको शिकार भयो जसको फलस्वरूप वि.सं १९९० को दशकमा आदिवासी नेपालीभाषीहरूमाथि दमन शुरु गरी जबरजस्ती देश निकाला गरी अघोषित युद्धको थालनी भयो । यसै प्रसंगलाई कवि दाहाल यो वाङचुक राजाको इतिहासभन्दा नेपालीभाषी भूटानीको इतिहास पुरानो हो भन्दै लेख्नुहुन्छ—
डर मात्रे कुरै छैन हक आप्mनो जताउन
भूटानी इतिहासैको मूलपात्र भनाउन
राजवंश अझै भन्दा पुराना हौ तिमीहरू
जाम्वे लाखाङका साथै किंचु बनाउनेहरू—(पृष्ठ १६१; ३१)
बौद्धधर्म क्षेत्र घोषणाका निमित्त अहोरात्र ध्यान तपस्यामा लागेका अनुयायीहरूको क्षेत्र भूटानमाथि विभित्र क्षेत्रबाट आव्रmमण भइरहेको त्यो घडीमा धर्मगुरु नाम्गेलले विभित्र शान्ति सम्झौता गरेर जोगाए पनि १६५१मा वहाँको निधन भएपछि भूटानभित्र गृह युद्धको शुरु भयो । त्यसपश्चात् तिब्बतीहरूले मङ्गोलीयनहरूसँग मिली युद्ध गरेपछि दुई देशबीच १७५९मा युद्धविरामको सन्धिमा हस्ताक्षर भएको थियो ।
भूटानको पारो र ट्रोङसालाई वाङचुकले साहसका साथ विजय गरेपछि राज्यको सर्वोच्च पद जनताले बौद्ध धर्मका अनुयायी पुत्र भनी दिलाए र त्यसपछि पूर्वी भारतको कुचविहार सिमानासम्म एकीकरण गर्नखोज्दा सिमानामा विवाद नहोस् भनी भूटानले गाभेको तिब्बती भूभागको केही भाग बेलायतलाई दिनुपर्ने भनेपछि शान्ति सम्झौतामा हस्ताक्षर गरी आप्mनो शीरलाई घुँडा टेकाएको पाइन्छ । भूटानले डुवर्स युद्ध, पूर्वी बंगाल सिमानाको युद्ध लडेपछि बेलाइती, भारतीयसँग अधिपति राज्यमा सुगौली सन्धि गरेको पाइन्छ । त्यसपश्चात ब्रिटिस इन्डियालाई स्वतन्त्रतादिवस मनाउन सघाउँदै भूटानले ूभित नगष्मभू जस्ता विदेशपरास्त (आत्मघाती) सन्धिहरूमा हस्ताक्षर गरेपछि भारतको इसारामा देशभित्र ठूलो षडयन्त्रको चलखेल शुरु भयो र वाङचुकले अन्तत निरंकुश शासनको शुरुवात गरे ।
विं.स १९८८ मा जमनगणना भएपछि नेपालीभाषी भूटानीलाई मात्र चरम यातना दिँदै नेपाली लिपि, पोषाक, पाठशाला आदिलाई ध्वस्त गरी सातभागमा विभाजन गरेर सबैलाई देशद्रोही, बौध धर्मावलम्बीहरूका विरोधी र छिमेकी देशबाट कामदारको रूपमा प्रवेश गरेका अनागरिक भत्रे फत्तुर लगाई देशनिकाला गरेको इतिहास जीवित छ ।
नागरिक स्वतन्त्रता, वाक स्वतन्त्रतामा कुमार साहब, महासुर क्षेत्रीलगायत सयौँ नेपालीभाषी भूटानीले माटोमा सहादत प्राप्त गरे भने अहिलेसम्म धेरैले जेलजीवन बिताइरहेका छन् । अन्याय, अत्याचारले सीमाना नाघेपछि प्रजातन्त्रको नाउँमा धेरैले सदनसम्म आवाज उठाए तर वाङचुक शासनले नेपालीभाषीका प्रतिनिधि टेकनाथ रिजाल, बलराम पौडेल, आर.के बुडाथोकी, डा.भम्पा राई, रोङथोङ क्युनलेलगायत सार्छोप, ङालोङ, डोया, ख्याङ, लेप्चाभोटीयाका प्रतिनिधिहरूलाई पनि नजरबन्द गरी यातना दिएको व्रmूर यथार्थतालाई श्वेतपत्रबाट जाहेर कवि दाहालको मनाशयअनुसार निश्चय पनि इतिहासले कालो कालका रूपमा अवश्य चित्रण गर्नेछ । भूटानका नेपालीभाषीहरूले अन्याय—अत्याचारविरुद्धको आवाजलाई बुलन्द हुन नदिई रातारात भारतीय ट्रकहरूमा कोचेर देशबाट निकाली नेपालको मेचीपुलमा फालिदिएको तितो सत्य विश्वको आँखामा छ । यो सब भारतको वुम्थाङको मन्त्रणा, चलखेल, ब्रिटिससँगको सन्धि, तिब्बतीसँगको युद्ध र सिक्किम राज्यलाई विलय गर्दा भएका घटना तथा असमान सन्धिका कारण आज एकलाखाधिक भूटानी नेपालको पूर्वी भागमा नेपाल सरकार लगायत यु.एन. एच.सि.आर तथा अन्य सहयोगी सघं—सस्थाहरूको सहयोगमा शरणागत अवस्थामा कष्टकर जीवन यापन गरी १८ वर्षसम्म स्वदेशफिर्तीको अभियानमा आशाका साथ बाँचिरहेका छन् । यही वास्तविकतालाई कवि दाहालले श्वेतपत्रमा बडो मार्मिक भाषामा लेख्नुभएको छ—
चुसेर रक्त औँ स्वेद बनाँई जीर्ण राज्यले
पुरस्कार दियो आमा अनागरिक मानले
नीति ड्रिग्लाम नाम्जाको अवलम्बन नै भयो
विश्वका सामुमा हाल राज्य बिहीन नै भयो—(पेज १३६ ,५८)
चाहे जे होस,आज निरंकुशताको जगमा बसेको भूटानले यो वास्तविकता भुल्नु हुँदैन कि आजसम्मको आधुनिक भूटान वास्तवमा सिक्किम, दार्जीलिङ र नेपालका महान् शिल्पकारीको (गोर्खालीहरूका) शीप, जाँगर, मेहनत र परिश्रमबाट निर्मित छ । अरू पुरनो इतिहासलाईसमेत यी कुराले प्रभावित गरेको थियो । त्यसै भएर, ब्रिटीश अधिनस्थ इष्टइन्डिया कम्पनीले अन्त्यमा भूटानलाई आप्mनो खुसिमा बाँच्न दिएको कुरोसमेत श्वेतपत्रले खुलाएको छ ।
 सिक्किम
सिक्किम पनि हिमाली राज्यको हो । यस राज्यमा लेप्चा, भोटिया, नेपाली, हिन्दू, नेवारीलगायत अन्य जातजातिका संस्कृति र भाषा बोल्ने मानिस बस्छन् । सिक्किमको पश्चिममा नेपाल, पूर्व र उत्तरमा तिब्बत स्वायत्तक्षेत्र, दक्षिण—पूर्वमा भूटान रहेको छ । यसको सत्य—तथ्य इतिहास भने अनौठो र फरक खालको छ । त्यसमध्ये १७ औँ शताब्दीअघि धर्मगुरु साब्ड्रुङ नावाङ नाम्गेलले भूटानलाई बौद्ध धर्मक्षेत्र घोषणा गरी विभित्र भूभागहरूलाई एकीकरण गर्दै जाँदा सिक्किमलाई पनि उत्पत्ति गरी आफैँ अनुयायीहरूलाई दर्शन दिएको भत्रे किंवदन्तीहरू छन् ।
भूटानभित्र बौद्ध धर्ममाथि राजनीतिकीकरण हुन थालेपछि गुरु पद्मसम्भव (गुरु रिम्पोछे)—ले सिक्किमलाई पनि बौद्धधर्म क्षेत्रको रूपमा शासन गर्न जुटेपछि सिमाना क्षेत्रको विषयमा ठूलो युद्ध लड्नु परेको थियो । भूटानले सिक्किमलाई आप्mनो राज्य भनिरहेको बेला, १९५० अघि नेपाल र बिट्रिश राज्यबीच भएको युद्धले भयभित भई बसेको सिक्किमको  मुक्ति अभियानमा महात्मा गान्धी, जवाहरलाल नेहरूहरूले साथ दिएपछिमात्र स्वत्रन्त्र राज्यको रूपमा विकसित भएको हो सिक्किम ।
धेरै वर्षसम्म कैयौँ युद्धका बाबजुद पनि ब्रिटिससँग गोर्खाली योद्धाहरूको सुगौली सन्धि हस्ताक्षर प्रकरण १९५०मा सिक्किम र भारतबीच भएका संझौताहरूले आजपर्यन्त द्वन्द जारी छ भत्रमा अतिशयोक्ति नहोला । ब्रिटिशको उपनिवेशवादी नीतिसँग नेपालले वर्षौं लड्नु प¥यो भने, सिक्किमले कति बर्ष भारतसित लड्पर्ने हो भविष्यले बताउला । जबरजस्त आज सिक्किम भारतमा विलय भएर भारतीय विस्तारवादको पञ्जामा परी, करकापको भरमा सञ्चालन भइरहेको छ ।
भारतसँग विभित्र सन्धि हस्ताक्षर भएपछि १९७५ मा भारतले असंवैधानिक तरिकाले सिक्किमको अस्मितामा धावा बोलेर नाम्ग्याल राजसंस्थालाई घुँडा टेकाइ २२ औँ प्रदेश बनाई भारतीय गणराज्यमा गाभेको छ । भारतले विस्तारवादको नीति फैलाएपछि सिक्किमका र्गोखाली जातीलाई आप्mनो अस्तित्वमा नरहेको भान भयो र नेपालीभाषी गोर्खालीका संसदीय प्रतिनिधिले धेरैपटक आवाज बुलन्द गरी सिक्किममा आन्दोलन गर्ने प्रयत्न पनि गरे । कवि दाहालको महाकाव्य यी साराको कुराको खुलासा गर्न अघि सरेको छ ।
श्वेतपत्रको मूल भावअनुसार नरबहादुर भण्डारीदेखि पवनकुमार चाम्लिङसम्मका मन्त्रीहरू आजसम्म गोर्खालीहरूको स्वाभिमान र वीरतालाई उच्च राख्न संघर्षरत छन् । त्यस्तै, दार्जीलिङका गोर्खाली नेता सुवाष घिसिङले नेपालका राजासमक्ष सिक्किमका गोर्खलीहरू नेपालका हुन् भनी निवेदन गरेका थिए । भारतले विभित्रपटक सिक्किममा बुट बजारेपछि सिक्किम आज पीडादायी रूपमा भारतको स्वतन्त्रतादिवस मनाउन विवश छ । सिक्किम, नेपाल, भूटानले असमान सन्धिका कारण आप्mनो स्वाभिमानमाथि पटक—पटक विस्तारवादसँग सम्झौतारूपी नाटक मञ्चनलाई विवश भएर अङ्गिगराप गर्दै देशलाई आगोको मुश्लोमा होमेर जनतालाई ताप्न बाध्य गराएको वेदना हरेकले व्यहोर्नु परे तापनि सिक्किम आमाका कथनका रूपमा श्वेतपत्र महाकाव्यमा कवि दाहाल लेख्नुहुन्छ—
लग्यो शरीर मेरो यो विस्तारवादले लुटी
लगेन तर आत्मा यो सिक्किमे मनको झिकी
हामी बाँच्छौँ युगौँ बाँच्छौँ ब्रह्माण्ड रहँदातक
अस्मिता फेरि फर्कन्छ जाग्नेछौँ सिक्किमे जब—(पृष्ठ १०४, ५३)
प्रेम र वैरभावपूर्ण सन्धिका रहस्य श्वेतपत्रमार्फत खुलासा
तत्कालीन नेपालका प्रधानमन्त्री भिमसेन थापाको पालामा सेनापति अमरसिंह थापा, वीर बलभद्र, भक्ति थापाहरूले एकीकरणको अभिभारा लिई जमुना नदी हुदैँ सतलज नदी आसपासका ससाना राज्यलाई विं.स.१८०६—१५ सम्ममा बहराइच र ठाकुराइ राज्यलाई एकीकरण गरी कांगडासम्म नेपालले आधिपत्य जमाउन पुगेको छ भने नेपाली फौजको तर्फबाट बन्दी बनाइएका कांगडाका राजा सञ्चारजनलाई कांगडा कोटबाट मुक्त गर्न नसकेपछि पञ्जाबका राजा रणजीत सिंहले उद्धार गरी राजा र सेनाबीच ज्वालामुखी सन्धि गरेपछि नेपालको एकीकरण उद्देश्य काश्मीरसम्म नपुगी रोकिएको इतिहासमा उल्लेख पाइन्छ । देवथल मलाउमा भक्ति थापा र अलमोडामा बलभद्रको दुखद निधन पछाडि नेपालको इतिहासले अर्कै मोड लिएर आजपर्यन्त सुगौलि सन्धिको पीडा नेपाल र नेपालीले रुेलिरहेको कटु यथार्थलाई कवि दाहाल स्वेतपत्रमार्फत यसरी व्यक्त गर्नुहुन्छ—
सुगौलि सन्धिको गन्ध छ यो दुर्गन्ध साथमा
टिष्टा र काँगडा त्याग्ने कालो कलङ्क माथमा
जति सम्झन्छु झन् बढ्छ मुटुमा अरू वेदना
छुट्िटए कसरी मेरा खेल्ने सन्तान काखमा—(पृष्ठ ११०, २८)
वि.सं १८१४ ताका ब्रिटिश जर्नरल हस्टिङ्गले पाँच ठाउँमा सतलज, दहेरादून, बुटवल, बिरगंजलगायत मोरङसम्म युद्ध घोषणा गरे पनि सुदुर पश्चिममा अमरसिंह थापाले वीरतापूर्वक लडेर नेपाल जोगाए । तापनि आप्mना वीरमित्रहरूको मृत्युले आहत भएर अन्ततः युद्ध रोक्न बाध्य भए । वीर गोर्खाली बलभद्र कुँवरले चारसय जति फौजको भरमा ब्रिटिश फौजलाई आछु—आछु पारी जिलेस्पी, स्टे«जको मृत्युको कारक भएको हुनाले पनि होला इतिहासले, नेपाली मनले आजपर्यन्त नालापानीको युद्धलाई सुनौला पातामा सजाएको छ भने तत्कालीन शत्रु अङ्ग्रेजलेसमेत नेपालीको अदम्य साहसको प्रशंसा गर्दै नेपाली वीरताको सम्मानमा त्यसक्षेत्रमा स्मारक बनाएर बलभद्रको वीरता कुँदेर छाडेको छ । यही कुरालाई थप जीवन्तता दिँदै कवि दाहाल लेख्नुहुन्छ—
यथावत् छ अझैसम्म स्मारक त्यस क्षेत्रमा
खुलेका छन् सुनौला ती अक्षर अरू वाक्यमा
शत्रु हुन् तर हुन् वीर गोर्खा र बलभद्र जो
त्यसैले स्मृतिमा राख्छौं सम्मान उपहार यो—(पृष्ठ ११४, ४६)
नेपाली योद्धाहरूको मृत्युपश्चात् युद्धले नयाँ मोड लिएपछि ब्रिटिश सरकारसँग बाध्य भएर नेपाली पक्षबाट सुलह गर्ने अभिभारा पाएका गजराज मिश्र, बम शाह तत्पश्चात् चन्द्रशेखर उपाध्यायको आग्रहलाई जनरल मोयरा तथा इ.गार्डनरले नेपाली पक्ष गलेको अर्थ लगाई सुलहको लागि यस्ता चार शर्त राखे— (१) युद्धमा गोरखालीले कब्जामा लिएको सबै पहाडी प्रदेशबाट हट्नु पर्ने (२) तराई क्षेत्रको ठूलो भूभाग काटेर अङ्ग्रेजलाई दिनुपर्ने (३) सिक्किमतर्फ कब्जामा लिई राखेको प्रदेश छाड्नु पर्ने (४) काठमाडौंमा बृटिश रेजिमेन्ट स्थायी रूपमा राख्नैपर्ने । तराईका क्षेत्र भत्राले—
१. काली र राप्तीका सम्पूर्ण तराई
२. गण्डकी बीचको सबै तराई
३. गण्डकी र कोशीबीचको तराई
४. मेची र टिस्टा बीचको तराई
अङ्ग्रेजका यी शर्तहरूलाई वेवास्ता गरी नेपालीपक्ष केही समय अडे पनि शक्तिशाली अङ्ग्रेजको काठमाडांै कब्जा गर्ने धम्किका अगाडि नेपालले झुक्नुप¥यो र अन्ततः २८ नोभेम्वर १८१५ मा सुगौलिमा पुगी प्रस्तावित सन्धिपत्रमा गजराज मिश्रले हस्ताक्षर गरे । मिश्रले हस्ताक्षर गरे पनि काठमाडौंले अनुमोदन गर्दैन कि भनी अङ्ग्रेज सशङ्कित नै थियो । तसर्थः ९ डिसेम्वर १८१५मा आप्mनो तर्फबाट तुरुन्त अनुमोदन ग¥यो र १५ दिनभित्र राजाको लालमोहर लगाएर मेजर ब्राडशासमक्ष ल्याउनुपर्ने शर्त राख्यो ।
यस्तो राष्ट्रघाती सन्धिमा लालमोहर लगाउन राजदरवार तथा मुख्तियार भीमसेन थापालाई इच्छा हुने कुरै भएन अतः भरिसक्य आलटाल गरेर झुलाएर राख्न खोजे तर, यसको परिणाम झनै प्रत्युत्पादक भयो र मकवानपुर गढीसमेतमा अङ्ग्रेजको कब्जा भयो । अङ्ग्रेजले मकवानपुर गढी कब्जा गरी काठमाडांै हात्रे तयारीको खबरले पुनः काठमाडांै झस्कियो र सन्धिपत्रमा लालमोहर लगाएर चन्द्रशेखरमार्फत ४ मार्च १८१६मा अक्टरलोनीलाई बुझाइयो । जसको परिणाम वर्तमान नेपालको एक चौथाई भू—भाग आजपनि भारतीय कब्जामा छ । यो मर्मलाई कवि दाहाल नेपाल आमामार्फत यसरी व्यक्त गर्नुहुन्छ—
पखेटा काटिए मेरा पूर्व पश्चिममा गरी
दक्षिणी भागमा धेरै खुम्चिएँ म सरासरी
आज जे छु म यो भन्दा विशाल रूपकी थिएँ
साँच्चै एक तिहाई म आजभन्दा बढी थिएँ— (पृष्ठ ११६, ५५)
सुगौलि सन्धिमार्फत नेपालले गुमाएको भूभागमध्ये प्रधानमन्त्री जङ्गबहादुरको पालामा ब्रिटिशको सिपाही विद्रोह दबाउन गरेको सहयोगबापत ब्रिटिशहरू खुसी भई उपनिवेशमा गाभिएका पश्चिमका चार जिल्लाहरू पुनः नेपाललाई फिर्ता दिएपछि आधुनिक नेपालको नक्सा निस्केको हो ।
ब्रिटिश उपनिवेशलाई भारतवर्षमा टिक्न नदिन भारतले कैयौँ सपूतहरूको आहुती दिनुपरेको तितो यथार्थता यद्यपि जीवितै छ । तिनै स्वतन्त्र सेनानीको बलिदानका आडमा पुष्पित र पल्लवीत भएको स्वतन्त्र गणतन्त्र भारतको अवधारणामा माहात्मा गान्धिको सत्याग्रह आन्दोलन र जवाहरलाल नेहरूको वैचारिक आन्दोलनले ५ अगष्ट १९४७ भारतवर्ष स्वतन्त्र भएको भत्रे आख्यान छ । तर ब्रिटिश उपनिवेशले कज्याएको भारतले आफूले हिजो भोगेको पीडालाई बिर्सेझैँ हरेक छिमेकी राष्ट्रलाई बारम्बार भुङ्ग्रोमा हाल्ने खेल खेलिरहेको छ ।
भारत स्वतन्त्र भएपछि छिमेकी देशसँग सम्बन्ध सुमधुर हुनुको साटो झनभन्दा झन् पीडादायक भएको कुरा यथार्थ सत्य हो । अझ प्रष्ट शब्दमा भत्रे हो भने बेलायतले भारत छाडेर गए पनि बेलायती भूतले भारतलाई झन् सताइरहेको छ जसको फलस्वरूपः नेपाल, सिक्किम, भूटानमात्र होइन समस्त दक्षिण एसिया आज भारतीय नव विस्तारवादबाट पीडित भएका छन् । यो सत्यलाई कवि दाहाल श्वेतपत्र महाकाव्यमार्फत यसरी सार्वजनिक गर्नुहुन्छ—
लियो दक्षिणले आमा नीति दुष्ट प्रवृित्तको
बाली छिमेकमा आगो ताप्छ ज्वाला अशान्तिको
तसर्थ कहिल्यै आमा शान्ति छैन छिमेकमा
बङ्गलादेश, बर्मा र पाकिस्तान, सिलोनमा—(पृष्ठ १४१, ८१)
दोस्रो विश्वयुद्धमा गोर्खालीहरूले देखाएको वीरताको प्रभावले सिक्किम, दार्जीलिङ र भूटानसँग सन्धि गरी नेपाललाई एक्लाइएको पाइन्छ । तर पितापुर्खाले समय समयमा देखाएको बहादुरीलाई कदर गरी अथवा भनाँै ब्रिटिस साम्राज्यलाई लगाएको गुनलाई कदर गरी नोभेम्बर ९, १९४७ मा नेपाललाई पनि सहभागी गराई ब्रिटिश गोर्खाको अवधारणा बनाएर सन्धिमार्फत् र्गोखालीहरूलाई ब्रिटिश आर्मी र भारतीय आर्मीमा प्रवेश गराइएको इतिहासलाई अहिले पनि वीरताको इतिहास मानिन्छ ।
भारत स्वतन्त्र भएपछि पनि असमान सन्धिका आडमा अझै घरिघरि जाल—झेलका खेल खेली छिमेकलाई रक्ताम्य बनाउने कार्यमा सव्रिmय छ । राज्य हस्तक्षेपका बेला भएका घटना, ब्रिटिशले कहाँ कति के ग¥यो, भारतसँग जोडिएको सिमाना नेपाल, भूटान, सिक्किम र अन्य देशसँग भएका तीता—मीठा यथार्थता प्रष्टरूपमा भारतीय प्रधानमन्त्री जवहरलाल नेहरूद्धारा लिखित Glimpses of World History  नामक कृतिमा उल्लेख गरिएको छ । जसमा १८७०मा भएको ब्रिटिश—सिक्किम सन्धिमा नेपालका केही भूभागहरू उपनिवेश भईबसेका हुन् भत्रे उन्लेख गरिएको छ भने दार्जीलिङको जातीय आन्दोलनको कुनै वैज्ञानिक आधार नभएपछि दार्जीलिङ भारतवर्षमा गाभिएको भनिएको छ । त्यसको असमझदारी जनाउँदै दार्जीलिङका गोर्खाली नेता सुवास घिसिङले १९८६ मा आन्दोलन थालेपछि भूटानी राजाले भूटानको दक्षिण भागमा बसोबास गर्ने नेपालीभाषीहरू माथि कडाइ गरेको पाइन्छ ।
नेपाल, भारत, सिक्किम, तिब्बत आदि राज्यहरूले गरेजस्तै सन्धिमा हस्ताक्षर भूटानले पनि नगरेको होइन । आज त्यही सन्धिका कारण आफूले वर्चस्व गुमाउन आँटेपछि भारतवर्षको शरणमा परेर थिम्पूले प्रजातन्त्रको वहाली हुन नदिएर निरंकुशताको लाठी भारतीय इशारामा नेपालीभाषी भूटानीको ढाडमा बजाउँदै देशनिकाला गरी लाखौँ देशवासीलाई शरणार्थी शिविरमा बस्न बाध्य पारेको कुरा जगजाहेरै छ । यसै प्रसङ्गलाई प्रमुखता दिँदै कवि दाहाल भूटान आमाका बोलीमा यसरी शरणार्थीलाई फिर्ता हुन आह्वान गर्नुहुन्छ श्वेतपत्र महाकाव्य मार्फत यसरी—
अन्तत शरणार्थी नै हौ निर्णायक भोलिका
कर्णधार तिमी मेरा सुनौला हौ भविष्यका
त्यसैले अब तड्पेर बस्ने प्रवासमा किन ?
तिमी आउनु नै पर्छ गतिशीघ्र नयाँ दिन— (पृष्ठ १०८,१०७)
देशका नागरिकहरू छिमेकी देशमा शरणार्थी भई बसेपछि सरकारी मुखपत्रलगायत अन्य विश्व मिडियामा नेपालीहरू देशद्रोही भएकाले र देशको संविधानको विरोध गरेकाले देश बाहिरीएका हुन् भनी भाषण दिँदै हिँड्ने वाङचुक र उनका प्रतिनिधिहरूलाई कवि श्वेतपत्रले यसो भन्छ—
निरंकुश भए राजा चाहेनन् बुझ्न लौ कति
भारदारहरू ठाने उनका प्रिय सन्तति
तिनै आज भएका छन् नव बर्बर शासक
धनका लोभमा साँच्चै विदेशीका उपासक—(पृष्ठ १३१, २९)
एक लाखभन्दा बढी शरणार्थीहरूको सहभागितामा लङमार्च आन्दोलन, सत्याग्रह आन्दोलनसम्म नभएका होइनन् । तर, ती सबै आन्दोलनहरू मेचीको पुल तर्न सकेनन् भारतीय विस्तारवादको कारणले । दिल्ली, काठमाण्डौ, विभित्र नियोग अगाडि धर्ना र जुलुस गरिए पनि आवाजविहीन बनाइदिए सत्तामा नेतृत्व गर्ने निकृष्टहरूले । देखावटी रूपमा पहलकदमी लिएर संयुक्त राष्ट्र सङ्घमार्फत साडाको ओगाटालगायत अन्य प्रतिनिधिहरूले शरणार्थीको स्वदेशफिर्ती ससम्मान हुनुपर्छ भनी भारत, भूटान र नेपाललाई त्रिपक्षीय वार्ताको वातावरण बनाउन खोजेपनि केवल नाटक मञ्चन गरेझैँ मात्र भयो थिम्पू र दिल्लीको लागि । यी सब घटना नजीकबाट नियालिरहेका महाकाव्यकार दाहाल भूटान आमाको बोलीमा आव्रmोश यसरी पोख्नुहुन्छ—
ग¥यौ नियोगमा  ¥याली अनशन अहो ! अझै
सचिवालय त्यो सार्क हाँस्छ देख्ता तिमी सधैँ
शान्तिको मार्ग रोज्दामा पायौ के ? अपमान नै
त्यसैले अब देख्तिन विकल्प व्रmान्तिको कुनै—(पृष्ठ १६९, ७३)
भारतीय पृष्ठपोषणका भरमा बाँचेको वाङ्चुक शासनले कदापि भारतीय इशाराभन्दा बाहिर गएर आप्mना जनताका कुरा सुत्रे मनसुवा राखेन । समस्या समाधानका लागि पटकपटक वार्ता भए तर सबै निरर्थक । १९९३ नेपाल—भूटान वार्ताले निम्न उद्देश्यमा छलफल गर्ने निधो त ग¥यो तर समाधानभन्दा झन् समस्या थप्यो थिम्पूले ।
. Bhutanese who were forcibly evicted.
2. Bhutanese who emigrated Volunterly.
3. Non-Bhutanese People.
4. Bhutanese with criminal records.
उपरोक्त तीन विकल्पका माध्यमबाट शरणार्थीको समस्या सामाधन हुन्छ भनी नेपालले भूटानका प्रतिनिधिहरूलाई खुदुनाबारी शीविरमा प्रमाणीकरण गर्ने आज्ञा दियो । त्यसमा भूटानी नेतृत्वलगायत भूटान सरकारको जबर्जस्ती नीति थोपरी उल्टै जनतालाई विभित्र लाञ्छना लगाएर बाहिरिएको थियो । यसबारे Dr. S. Chandrasekharan ले प्रष्ट www.southasiaanalysis.org मा विचार संप्रेषण गरेका छन् । त्यसमा पनि भूटानी नेता टेकनाथ रिजालको नयाँ पुस्तक ू”Torture-Killing Me Softly”, निवार्शन, बलराम पौडेलको ूभूटान हिजो र आज”, डा.डि.एन.एस ढकालको A movement in exile लगायत भूटानी साहित्यका अग्रज स्रष्टाका विचारले पनि इतिहासको चिरफारमा निरन्तरता दिइरहेको पाइन्छ । यिनै पुस्तकबाट भूटानी आन्दोलनको स्वरूप कस्तो थियो र सरकारले गर्न खोजेको अभियान के थियो र अद्यावधि के छ भत्रे तितोमिठो सत्यपरक यथार्थता पाइन्छ ।
आजसम्म निवार्शनमा धैरै ठूल्ठूला अभियान लगायत संयुक्त राष्ट्रसंघमा स्वदेश फिर्तीको लागि अपीलहरू भए । तर त्यसको विकल्पमा संयुक्त राष्ट्रसंघले २००८ बाट भूटानीलाई तेस्रो देश पुर्नस्थापना गरियो । संयुक्त राष्ट्रसंघको यस कार्यलार्ई कवि खेमनाथ दाहाल अन्यायपूर्ण भन्दै व्याख्या गर्नुहुन्छ यसरी—
अन्ततः बुझ्नु यो पर्छ खोटो नियतले यिनी
लाग्दै छन् शरणार्थीको भलो गर्छौं भनी भनी
तर हुन्छ भलो केको सस्तो श्रमिक लोभले
गोहीले आँसु झारेझैँ गर्छन् स्वागत स्वार्थले —(पृष्ठ १६५)
आवाजमा बाटो, माटो माग्न सिकाउने नेतागण नै विकल्पलाई सही मानी बाटो लागेपछि जनताले पनि विभित्र देशमा पुनर्वासमार्फत पुनस्र्थापना हुने निणर्य गरे । घरैमा अप्mना नेतृत्वकर्ताहरू राजनीतिको नाउमा भारतसँग मिली आप्mनै निर्वाशनमा भएका जनतालाई गोली हानी मार्ने नीतिमा लागेका छन् । आजसम्म निर्वाशनका आर.के बुढाथोकीदेखि समाजसेवी अगुवा के.बी. खड्कासम्मका व्यक्तित्वहरूको निधन भएको छ ।
देश भित्रको भय अनि निर्वासनको त्रासदीले जनता एकोहोरिएका छन् भने लाखौँ आमाहरूको सिउँदो पुछिएको बेला दिदीहरू विधुवा भएका छन् भने दाइभाइ शिविरदेखि मेची हुँदै भूटानभित्र जेलजीवन बिताइरहेको आवस्थामा राष्ट्रसंघले विकल्पको नाममा निकालेको (१) शरणार्थी भएको राज्यमा स्थापना गर्ने (२) ससम्मान स्वदेश पmिर्ती गर्ने (३) तेस्रो देशमा पुनर्वास गराउन—जस्ता तीन सिद्धान्तलाई जनताले आत्मासास गरी मजबुरी साथ तेस्रो देशलाई पहिलो महत्व दिएका छन् तापनि आप्mनो अस्तित्व पहिचानका विषयमा कति सचेत र सजग छन् शरणार्थीहरू भत्रे विषयमा कविको अभिव्यक्ति यस्तो छ—
कैयौँ मुलुक लाँदैछन् गरीब विचरा भनी
जाँदैछौँ अहिले हामी दीन दुःखीहरू बनी
हामीलाई छ यो ज्ञात जहाँ जता गए पनि
भूटानी शरणार्थीकै नाम हुन्छ जहाँ पनि
आजसम्म आएर इतिहास घनचक्करमा पिसिएको छ । भोलि इतिहासले कुन मोड लिन्छ भत्रे विषयमा सबैको ध्यान खिच्न महाकवि खेमनाथ दाहालले शरणार्थी पुनर्वाश भएको ठाउँमा श्वेतपत्र महाकाव्य लिएर जागरण अभियान छेड्नु भएको छ भूटान आमाका सँगै सँगै उनैको प्रतिनिधिझैँ भएर !
विकल्प छैन राजाको अब देश भूटानमा
रोज्नुपर्छ दुईमध्ये यौटा पक्का निदानमा
कि त बोलाउनै पर्छ तिमीलाई खुशीसित
कि त सिक्किमको बाटो रोज्नु र्छ भनी हित (पृष्ठ १७४,९)
द्वैद्वचरित्र भएका आफूलाई महान् मानव अधिारवादी भत्रे मुलुक, संघ—संस्था, व्यक्ति जसले वचनले एउटा र कर्मले अर्कै काम गरेर हिमाली इतिहासलाई मोड्न—तोड्न खोजेका छन् तिनीहरूलाई कवि दाहालले नितान्त नौलो साहसिक प्रहार गर्नु भएको छ श्वेतपत्र महाकाव्यका सर्ग १ देखि सर्ग १५ सम्म । महाकविले वर्तमान स्थितिको यथार्थ मुल्याङ्कन गरी हिमाली देशको बारेमा धेरै सामूहिक चिन्ता पोख्नु भएको छ । पक्ष प्रतिपक्षामा बस्ने नेतृत्वहरूलगायत राजा माहाराजाहरूलाई पनि देश र जनताको निम्ति उपनिवेशमा रहेका राज्यहरू फिर्ता लिनु पर्नेमा सुझाव छ । त्यसो नभएमा जनताको मशाल जुलुसको लक्ष्य तिमीहरूप्रति नै हुनेछ भत्रे सन्देश दिनु भएको छ यसो भन्दै—
मसाल जब सल्कन्छ झन्डा बोकेर स्वत्वको,
कदापि रोक्न सक्तैन शक्तिले पनि दैवको ”
अन्तमा, श्वेतपत्र महाकाव्य रसाश्वादन गरेपछि प्राप्त हुने देशप्रेमको भावना, नौलो परिर्वतनको विचार, दर्शन, जनजनमा आउने परिवर्तनका धार स्वतःस्फूर्त शुरु भएर गोर्खालीहरूको स्वाभिमानलाई उच्च राख्ने छ भत्रे अपेक्षा यो पङ्क्तिकार गर्दछ ।
श्वेतपत्र माहकाव्यको मूलभुत उद्देश्य प्रा.गोपिकृष्ण शर्माले भनेझैँ सामन्त, साम्राज्यवादी र निरङ्कुश शासकसामु नझुकेर प्रत्येक देशभक्तलाई स्वतन्त्रता र स्वाभिमानका साथ बाँच्ने भावना दिनु नै रहेको छ ।
त्यस्तै भूटानी मानवाधिकारकर्मी तथा नेता टेकनाथ रिजालले श्वेतपत्र माहाकाव्यलाई ’इष्र्या लाग्दो कृति’ भन्दै आप्mनो मन्तव्यमा भनेका छन्— “मलाई यो कृतिको पाण्डुलिपि पढिसकेपछि वास्तवमा नै इषर्या जागेर आयो कि यो कृति कोही भूटानीले नै लेखिसक्नुपर्दथ्यो । तर एकजना नेपाली विद्वान्ले यो कार्य गर्नुभयो र जन्मजन्मान्तर हामी भूटानीहरूलाई ऋणी बनाउनुभयो ।” यसको तात्पर्य यो हो कि कुनै भूटानीले लेखिदिएको भए पहिले नै भूटान आजको भूटान नभएर जनताको भूटानमा परिवर्तन भइसक्ने थियो ।
पुस्तकको आवरण रेडियो नेपालका सञ्चालक रमेश पौडेलले महाकाव्यमा प्रयोग भएका मुख्यपात्रलाई आप्mनो कलाबाट प्रष्ट देखाइदिनु भएको छ भने युगिन युद्धको देशको रूपमा पनि देखाउँदै आवरणमासंयोजनमा सहयोग गर्नुभएको छ । त्यस्तै महाकाव्यलाई ऐतहासिक धारमा ल्याउनलाई मेहनत गर्ने महाकवि दाहालको सम्मान गर्दै महाकाव्यलाई प्रकाशनको अभिभारा लिई पाठकसामु ल्याइदिनु हुने उषा दाहाललगायतलाई धन्यवाद ज्ञापन गर्दै श्वेतपत्र महाकाव्यले अपेक्षा गरेजस्तै अरू इतिहासलाई परिवर्तन गरी सबै हिमाली राज्यहरू स्वतन्त्र, सार्वभौमसम्पत्र हुन् र रहिरहुन् नयाँ भत्रे अपेक्षाका साथ, महाकविको अल्प अभिव्यक्ति दोहो¥याउँदै पूर्णविराम दिनचाहन्छु ।
कतै कैलाश यो झुक्छ झुक्छन् शैलहरू कतै !
जस्तै प्रलयमा देख्यौ ? सुमेरु डुब्छ यो कतै
कसरी तँ झुकिस छोरा ! पाजी त्यो जार सम्मुख
कति कारणले गर्दा भएन भगिनी हित ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here