बाल गीत सार्वजनिक

0
1048

अजुर्न प्रधान

वि.भू.सा.स. बाल गीत लोकार्पण जी.बी.एल्.ओ. (GBLO) अन्तर्गत जी.ई.पी.(GEP) शिक्षा प्रणाली मार्फत जुम (zoom) बाट बाल गीत सार्वजनिक गरे सँगै Nepali Kids TV YouTube मा पनि यसको एनिमेशन भिडीयो सार्वजनिक भएको छ| उक्त गीत GBLO अध्यक्ष कर्ण गुरूङको सभापतित्व र Intranational Walfare And Support Foundation का CEO  डील्लीराम अधिकारीको

Photo by Karna & Bhim Gurung

प्रमुख आतिथ्यमा सार्वजनिक भएको हो|

उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा बरिष्ठ लेखक कृष्ण धारावासी, पदम विस्वकर्मा, भाषा परिषदका अध्यक्ष गंगाराम लामीटारे, s&k शिक्षाका सन्चमान राई, GBO का प्रमुख डी.बी. राई, GBHO का अध्यक्ष कमल धिमाल, HOPE का प्रमुख राज बराल, BAMA का अध्यक्ष खेम रीजाल आदी रहनुभएको थियो| स्रस्टा तथा लेखक जे.एन्. दाहाल, ममता तामाङ, लीला चम्लागाँई, ख्याम अधिकारी, धर्मेंद्र तिमसीना, भानु ढुंगाना, यदु अधिकारी, केशव बैरागी आदी अतिथिका रूपमा उपस्थित हुनुभएको थियो| विभिन्न संघ-संस्था बाट पाल्नुभएका प्रमुख ब्यक्तित्वहरुका मन्तव्य सँगै बाल गीतको लोकार्पण सँगै टीकाटीप्पणी पनि भएको थियो|

मन्तव्यका क्रममा बरिष्ठ लेखक कृष्ण धारावासीले “हाम्रो भाषालाई अमेरीकामा मात्र नभएर विश्वभरी नै फैलाउनुपर्छ” भन्नुभयो| त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि डील्लीराम अधिकारीले “हामी हाम्रो भाषा बचाउको अभियानमा निरन्तर लागीरहेका छौँ” भन्नुभयो |

त्यसैगरी GBLO का बरिष्ठ परिकल्पनाकार तथा सल्लाहकार श्री डेन्जोम साम्पाङले संस्थाको स्थापनाकाल र अहिलेको काममा भएको परिवर्तनमा खुशी ब्यक्त गर्दै सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो| त्यसैगरी कार्यक्रमका सभापति कर्ण गुरुङले रचनाकार धर्मेन्द्र तिमसीना, संगीतकार बिकास चौधरी र बाल गायक/गायिका लगायत शिक्षक-शिक्षिकामा सम्मान व्यक्त गर्नुभएको थियो| यसको प्रमुख भूमिका खेल्नुहुने केशव बैरागी माईलोलाई धन्यवाद साथै सम्मान ब्यक्त गर्नुभएको थियो| उक्त कार्यक्रमलाई GBLO का महासचिव पातलो अन्तरेले संचालन गर्नुभएको थियो|

GBLO अध्यक्ष कर्ण गुरूङको निवाशमा Intranational Walfare And Support Foundation का CEO डील्लीराम अधिकारी लगायत किरण गजम॓रको उपस्थिती रह॓को भिम गुरूङल॓ आफ्नो सोशल मिडीय मार्फत जानकारी दिएकाछन् |

Bhim Gu

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here