डेनमार्क युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

0
429

एजेन्सी- चेक रिपब्लिकलाई हराउँदै डेनमार्क युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको क्वाटरफाइनल खेलमा चेक रिपब्लिकलाई २-१ गोलले हराउँदै डेनमार्क अन्तिम चारमा पुगेको हो ।डेनमार्कलाई जित दिलाउन थोमस डेलाने र कास्पर डोलवर्गले एक एक गोल गरे । चेक रिपब्लिकका प्याट्रिक शिकले एक गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा थोमसले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । लार्सेनको कर्नरमा अनमार्क रहेका उनले हेडरमार्फत उत्कृष्ट गोल गरे ।

४२औँ मिनेटमा युवा स्ट्राइकर डोलवर्गले गोल गर्दै डेनमार्कलाई २-० को अग्रता दिलाए । उनले जोकिम माहेलको पासमा गोल गरेका हुन् ।

दोस्रो हाफमा चेक रिपब्लिकले एक गोल फर्कायो । ४९औँ मिनेटमा प्याट्रिकले काउफलको पासमा गोल गर्दै चेकलाई २-१ को स्थितिमा ल्याए ।

डेनमार्कविरुद्धको गोलसँगै प्याट्रिकले जारी युरोमा ५ गोल पूरा गरेका छन् । यससँगै प्याट्रिकले गोल्डेन बुटको दाबेदारमा क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् । पोर्चुगिज फरवार्ड रोनाल्डोले पनि ५ गोल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here