मदन जयन्तीमा माधव नेपालको गुनासो : ओलीले पार्टीलाई विधिमा चलाएनन्

0
281

काठमाडौँ- नेकपा एमालेबाट निष्कासन गरिएका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधान, विधि र सिद्धान्त अनुरुप नचलाएको गुनासो गरेका छन् ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७०औँ जन्मजयन्तीको अवसरमा नेपालले एक वक्तव्य जारी गर्दै पार्टी र सरकार संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप नचलेको गुनासो गरेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधानमाथि प्रहार गरिरहेको उनले आरोप लगाएका छन् ।

‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तीतो यथार्थ एवम् हामी सबैका लागि दुःखद अवस्था हो,’ उनले वक्तव्यमा भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here