युरोकपमा आज पनि दुई खेल, क-कसको भिडन्त ?

0
560

काठमाडौँ- युरोकप फुटबलमा आज पनि दुई खेल हुँदैछन् ।

युरोकपको नकआउट चरण अन्तर्गत पहिलो खेलमा स्पेन र क्रोएसिया तथा दोस्रो खेलमा फ्रान्स र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

डेनमार्कको पार्केन एरिनामा हुने स्पेन र क्रोएसियाबीचको खेल राति ९:४५ बजे हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछन् ।

स्पेन समूह ‘ई’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।  क्रोएसियाले समूह ‘डी’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।  क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो ।

क्रोएसिया र स्पेनबीच मुख्य प्रतियोगितामा तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको दुई भेटमा दुबै टोलीले एक एक खेल जितेका छन् ।

रोमानियाको नेसनल एरिनामा हुने आजको दोस्रो खेलमा फ्रान्स र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । खेल राति १२:४५ बजे हुनेछ । आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ ।

साविक उपविजेता समेत रहेको फ्रान्स समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

स्वीट्जरल्यान्डले समूह ‘ए’ बाट नकआउट चरणमा स्थान बनाएको हो । फ्रान्स र स्वीट्जरल्यान्डबीच पछिल्लो ७ खेलको नतिजामा फ्रान्स बलियो देखिएको छ । फ्रान्सले ३ खेल जित्दा ४ खेलमा बराबरी खेलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here