प्रतिनिधिसभा विघटन : विपक्षी गठबन्धन पक्षधर अधिवक्ताको बहस सकिँदै

0
564

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज पनि सुनुवाइ जारी रहने छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका पाँच दलका विपक्षी गठबन्धनमा आवद्ध सांसदहरुको हस्ताक्षरसहित दायर रिटमा आज उनीहरु पक्षधर कानून व्यवसायीको बहस सकिने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदकका लागि छुट्टाइएको  १२ घण्टाको समयमा शुक्रबारको बहस सकिँदासम्म २ घण्टा ३५ मिनेट बाँकी रहेको छ ।

संवैधानिक इजलासमा यही असार ९ गतेदेखि रिट निवेदक पक्षको बहस शुरू भएको बहसमा शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए ।

बाँकी रहेको समयमा रिट निवेदकको पक्षले बहस सकेपछि सरकारी पक्षको बहस शुरू हुनेछ । सरकारी पक्षका लागि १५ घण्टाको समय दिइएको छ । यो बसहपछि विपक्षी गठबन्धनको पक्षधरले उठाएका सवालको जवाफ दिन थप ३ घण्टाको समय दिइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here