युरोकपमा जर्मनीको शानदार जित, पोर्चुगल पराजित

0
315

एजेन्सी-  युरोकप फुटबलमा साविक जर्मनीले पोर्चुगलविरुद्ध शानदार जित निकालेको छ ।

म्युनिखमा शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोलले पराजित गरेको हो । जर्मनीलाई जित दिलाउन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक/एक गोल गरे भने दुई गोल आत्मघाती उपहार पाएको थियो । पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरे ।

यस्तै पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले एक/एक गोल फर्काए ।

समूह ‘एफ’ को जर्मनीको यो पहिलो जित हो । दोस्रो स्थानमा रहेको जर्मनीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो ।

पोर्चुगलको यो पहिलो हार हो । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो । समूहको तेस्रो स्थानको पोर्चुगलले २ खेलमा ३ अंक जोडेको छ ।

यस समूहमा ४ अंक जोडेको फ्रान्स शीर्ष स्थानमा रहेको छ । १ अंक जोडेको हंगेरी पुछारमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here