सिन्धुपाल्चोकको बाढीमा बेपत्ता २० मध्ये ४ जना सम्पर्कमा

0
302

काठमाडौँ- अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रावती नदीमा मंगलबार आएको बाढीमा बेपत्ता भएका २० जनामध्ये चार जना सम्पर्कमा आएका छन् ।

आज बिहान एक जनाको शव पनि फेला परेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । मृतक सिनो हाइड्रोमा कार्यरत चिनियाँ नागरिक छन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार अझै पनि २ चिनियाँ, ३ भारतीय र १० नेपाली बेपत्ता भएका छन् । बेपत्ता हुने चिनियाँ र भारतीय मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए । उनीहरुको खोजी जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए ।

बुधबार दिनभरमा ७४ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको छ । घाइते भएका ५ जना मध्ये ४ जनाको अस्पालमा उपचार भइरहेको छ । एक जनाको धुलिखेल अस्पताल र ३ जनाको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

बाढी पहिरोका कारण चार पक्की पुल र पाँचवटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । यस्तै नदी आसपासमा रहेका सात वटा माछा फार्म बगेका छन् । बाढीबाट मेलम्ची नगरपालिकाका ६०० जना र हेलम्बु गाउँपालिकाका ३०० जना स्थानीयवासी प्रभावित भएको प्रशासनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here