उपचारका लागि दिल्ली जानअघि पूर्वप्रधानमन्त्री खनालले गरे एमाले एकताको आह्वान

0
450

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेबाट निकालिएका वरिष्ठ नेता झलनाथ खनाल थप उपचारका लागि दिल्ली प्रस्थान गरेका छन् ।

नर्भिक अस्पतालमा तीन दिनको उपचारपछि उनलाई दिल्लीस्थित एपोलो अस्पताल लगिएको हो । उनी साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली गएका छन् ।

लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलाई सोमबार नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको फोक्सोमा पानी जमेको छ । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको नर्भिक अस्पतालले जनाएको छ । खनालको पिसाब तथा रगतमा इन्फेक्सन पनि देखिएको छ ।

एमाले एकताको आह्वान

खनालले एमाले पार्टी एकताको आह्वान पनि गरेका छन् । विभाजन होइन एकता गर्ने-गराउने कार्यमा अगाडि बढौं भन्दै सबैमा उनले आह्वान गरेका छन्।

देशको विथोलिएको वर्तमान राजनीतिक अवस्थाले आफूलाई चिन्तित बनाएको जनाउँदै फुट विनाशको बाटो भएकोले एकता गर्नुपर्ने जनाएका छन् ।

उनले फुटबाट पार्टीलाई जोगाउन र एकतावद्ध पार्ने भूमिका खेल्न महासचिव ईश्वर पोखरेललाई आग्रह पनि गरेका छन् । खनाललाई भेट्न नेता पोखरेल नर्भिक अस्पताल पुगेका थिए ।

हेर्नुहोस् विज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here