दमकको बेल्डाँगी स्थित भूटानी शरणार्थी शिविरमा हिँजो साँझ आगलागी हुँदा एक बृद्धको मृत्यु

0
154

पुष २८/
दमकको बेल्डाँगी स्थित भूटानी शरणार्थी शिविरमा हिँजो साँझ आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । भूटानी शरणार्थी वेलडाँगीको सेक्टर डी ४ घर नम्बर ३२५ का बोली समेत नआउने प्यारालाईसीस रोगी ६५ बर्षीय देशमान राईको मृत्यु भएको शसस्त्र प्रहरी सुरक्षा वेश बेलडाँगीले जानकारी दिएको छ । घरमा खानपीन गरेर श्रीमती र नातिनी नजिकै छिमेकीमा टिभी हेर्दै गर्दा एक्कासी आगलागी भएको छिमेकीले जानकारी दिएका छन् । एक्कासी आगलागी हुँदा घरमा विरामी मान्छे छ भन्ने छिमेकीले थाहा नपाउँदा अशक्त बृद्धको उदार गर्न नसेको शसस्त्र प्रहरी बल वेलडाँगीले जानकारी दिएको छ ।

आगलागीमा परेर जलेका बृद्धको शब नचिनिने अवस्थामा निकालीएको थियो । शबको पोष्टमार्टमका लागि दमक अस्प्तालमा राखिएको प्रहरीले जानकारी दिएको छ । आगो स्थानीय, प्रहरी र दमकलको सहयताले नियन्त्रणमा लिन सफल भएकोले अन्य घरहरुमा भने क्षति नभएको प्रहरीले जानकारी दिएको छ । बाक्लो बस्ती रहेको शरणार्थी शिविरमा आगलागी भए पनि आगोबाट घरमै जलेर मृत्यु भएको भने यो पहिलो घटना भएको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here