मोडल दिप्सन भट्टराई अब गायनमा पनि , गायीका एलिना चौहानको साथमा गाएको गित सार्वजनिक

0
861

पुष १७/
मोडल दिप्सन भट्टराई र चर्चित गायीका एलिना चौहानको स्वरमा रहेको नयाँ गित सार्वजनिक भएको छ । मिस्टर नेपाल २०१६ को फस्ट रनरप समेत भैसकेका दिप्सन मोडलिङ गर्नुका साथै टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा समेत रहनु भएको छ । हालै उहाँले आप्mनै शब्द तथा स्वरमा युगल गित सार्वजनिक गर्नु भएको छ । गायक भट्टराईलाई युगल गायनमा अहिलेकि चर्चित गायीका एलिना चौहानले साथ दिनु भएको छ ।
‘ज्वाइँ बडो गज्जब छ’ बोलको गितमा अबिस्कार भट्टराईको संगित रहेको छ । गितको म्यजिक भिडियो समेत सार्वजनिक भएको छ । दिप्सन भट्टराई अफिसल यूटुब च्यानलमार्फत भिडियो सार्वजनिक भएको छ । भिडियोमा दिप्सन भट्टराई को साथमा, भुमिका केसि, सुदिप आचार्य को मुख्य अभिनय रहेको छ । गीतको भिडियो लाई प्रमोद भणडारिले निर्देशन र कोरियोग्राफी गर्नु भएको छ ।
पहिलो गितमानै दर्शकहरुको उत्साहजन प्रतिक्रियाले आफुमा हौसला थपिएको दमकका स्थायी बासिन्दा गायक दिप्सनले बताउनु भयो । युटुबमा हेर्ने दर्शकले धेरै उत्साहजनक कमेन्ट गरी गित मन पाराईदिनु भएकोमा आगामी कामको लागी उर्जा थपिएको उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here