ईलामको चुलाचुली गाउँपालिकामा आगामी अशोज ११ गते देखी विध्यालय सञ्चालन हुने

0
1019

असोज ८/
ईलामको चुलाचुली गाउँपालिकामा आगामी अशोज ११ गते देखी सबै विध्यालयहरु सञ्चालन हुने भएका छन् । कोरोनाका कारण पछि परेको नयाँ शैक्षिक शत्र सञ्चालनका लागी सरकारले स्थानिय तहहरुलाई निर्देशन दिए संगै चुलाचुलीले आफ्नो गाउँपालीका भित्र रहेको सबै सामुदायीक तथा संस्थागत बिद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो । 
जनप्रतिनिधि, अभिभावक संघ, सामाजिक सुरक्षा समिति, बिद्यालय सञ्चालक तथा सरोकारवाला निकायहरू संगको छलफल पछि आगामी असोज ११ गते देखी बिद्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालीकाको शिक्षा अधिक्रित रामप्रसाद मिश्रले जानकारी दिनुभयो । गाउँपालीकामा रहेको २१ वटा सामुदायिक र ६ वटा संस्थागत विध्यालयका प्रतिनिधीहरूको सुझाव अनुसार आवश्यक सुरक्षा मापदण्ड अपनाएर विध्यालय सञ्चालन गर्ने तयारी गरिएको उहाँले बताउनु भयो । 
वाल विकास तर्फका कक्षा नर्सरी, एल केजी र यु केजीलाई विध्यालयमा सन्चालन नगरि घरैमा वैकल्पिक पठन पाठनको व्यावस्था मिलाईने र कक्षा एक देखि कक्षा १२ सम्म भने जोर बिजोर प्रणालीबाट दैनिक दुई शिफ्टमा कक्षा सन्चालन गर्ने तयारी गरिएको शिक्षा अधिक्रित मिश्रले बताउनु भयो । पहिलो शिफ्ट बिहान १० बजे देखि १२:४० सम्म र दोश्रो शिफ्ट दिउसोको १ बजे देखि ४:२० सम्म सन्चालन हुने उहाँले जानकारी दिनु भयो ।
बिद्यालय सञ्चालन गर्दा आवस्यक पर्ने स्वास्थ्य सुरक्षाका सामग्रीहरु मास्क, सेनिटाइजर, साबुन, सिटामोल तथा थर्मल गनहरू गाउ पालिकाको तर्फबाट विपद व्यावस्थापन समितिले उपलब्ध गराउने समत निर्णय गरिएको शिक्षा अधिक्रित मिश्रले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here