कोरोनाका कारण भुटानी शरणार्थि बृद्धबृद्धालाई खाना खानै समस्या

0
1096

असोज २/
कोरोना महामारीबाट सिर्जित समस्याका कारण झापा र मोरङका विभिन्न शिविरमा रहेका भुटानी शरणार्थीलाई खान र लाउने समस्या भएपछि उनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ । दातृ निकायले उपलब्ध गराउँदै आएको खाद्यान्न र लताकपडा लगायतका आवश्यक सामग्री दिन छाडेसकेकाले कोरोना महामारीपछि उनीहरुको दैनिकी थप कष्टकर बनेको हो । जसका कारण सबैभन्दा समस्यामा एकल महिला, वृद्धवद्धा र साहाराविहीन बालबालिका पारेका छन् । झापा र मोरङ सात शिविरमा रहेका भुटानी शरणार्थीको तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रम सकिएसँगै शिविरमा बाँकी रहेका भुटानी शरणार्थीको जीवनमा समस्याको चाङ थपिएको हो । राष्ट्रसंघीय शरणार्थी आयोगमार्फत पुनस्र्थापना कार्यक्रमअन्तर्गत एक लाखभन्दा बढी शरणार्थी तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रममा गइसकेपछि स्वदेश फिर्तीकै माग राखेर शिविरमा बसिरहेका भुटानी शरणार्थीमा खान, लाउन नै समस्या देखिएको हो ।
मोरङको पथरी शनिश्चरे शिविरका सचिव चम्पासिंह राईले शिविरमा रहनेमा अधिकांश वृद्धवृद्धा, अशक्त र अपांग रहेकाले उनीहरुलाई आवश्यक खाध्यान्न, लत्ता कपडा लगायत सामग्री नहुँदा उनीहरुको जीवन कष्टकर बनेको बताउनु भयो । दातृ निकायले सहयोग गर्न छाडेको र आफन्तसमेत भएका बेसाहरा बनेका उनीहरुमा कोरोनाको महामारीले थप समस्या ल्याइदिएको उहाँले जानकारी दिनु भयो । शिविरभित्र धेरै वृद्धवृद्धा, अशक्त र अपांग मात्रै रहेको भन्दै उहाँले सहाराविहीन उनीहरुलाई महामारीको समयमा दैनिकी चलाउन नै समस्या परेको बताउनु भयो । बस्नलाई छाप्रो भए पनि चुलोमा पकाउने ग्यास, दाउरादेखि खाद्यान्न र शरीर ढाक्ने कपडाको समस्या लामो समयदेखि याथावत् रहेको उहाँले बताउनु भयो । साहाराविहीन भएकाले उनीहरु छिमेकीको सहारामा बाँच्न परेको उहाँले बताउनु भयो । क्याम्प सचिव राईका अनुसार शिविरभित्र अहिले वृद्धवृद्धा, अशक्त र अपांग त्यसैगरी एकल महिला गरी करिव १ सय २० जना रहेका छन । साहाराविहिन बालबालिकाको संख्या २४ जना रहेका छन् । भुटानी शरणार्थी तेश्रो मुलुक गएपछि हाल विश्व खाद्य कार्यक्रमले रासन वितरण रोकेका छ । युएनएचसिआरले वृद्धवृद्धा, अशक्त र अपांग त्यसैगरी एकल महिलाका लागि भने तीन/तीन महिनामा सामान्य घर खर्चका लागि उनीहरुको बैंक खातामा केही रकम भने पठाइदिने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here