दमकमा आज ८ जना संक्रमित थपिए , अझै ४ जनाको रिपोर्ट होल्डमा

0
1010

भदौ ३१/
दमकमा आज ८ जना कोरोनाका नायँ संक्रमित थपिएका छन् । हिँजो रिपोर्ट होल्ड गरिएका १२ जना मध्ये ८ जनाको पोजेटिभ आएको नगरपालीकाको क्वारेन्टाईन व्यवस्थापन समितिका सदस्य सचिव कुवेर भट्टराईले जानकारी दिनुभयो । अझै ४ जनाको रिपोर्ट होल्डमा राखिएको छ । उनिहरुको पनि आज साँझ सम्ममा अन्तिम रिपोर्ट आईसक्ने उहाँले बताउनु भयो । 
आज पोजेटिभ देखिएकामा ७ जना पुरुष र १ जना महिला रहेका छन् । आज दमक वडा नम्बर १, ५, ८, ९ र १० का १–१ जना र वडा नम्बर ४ का तिन जना रहेका छन् । 
आज ८ जना थपिए संगै दमकमा कुल संक्रमितको संख्या १ सय ३७ पुगेको छ । उनिहरु मध्ये १ सय जना उपचार पछि निको भई घर फर्किएका छन् । अहिले दमकमा ३७ जना संक्रमितहरु बिभिन्न आईसोलेसन सेन्टरमा उपचाररत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here