आज दमकमा १२ जनाको रिपोर्ट होल्ड

0
775

भदौ ३०/
दमकबाट पछिल्लो पटक स्वाब संकलन गरिएका मध्ये १२ जनाको रिपोर्ट होल्डमा राखिएको छ । गत शुक्रबार ९६ जनाको स्वाब संकलन गरी परिक्षणका लागी पठाईएकोमा ८४ जनाको रिपोर्ट नेगेटिभ आएको नगरपालीकाको क्वारेन्टाईन व्यवस्थापन समितिका सदस्य सचिव कुवेर भट्टराईले जानकारी दिनुभयो । १२ जनाको भने रिपोर्ट होल्ड राखिएको उहाँले बताउनु भयो । उनिहरुको रिपोर्ट संकास्पद भएको हुन सक्ने भन्दै होल्डमा हुँदैमा पोजेटिभ भईहाल्ने नभएको बताउनु भयो । उनिहरुको भोली सम्ममा अन्तिम रिपोर्ट आउने जनाईएको छ ।
रोकिएका १२ जना मध्ये केहिको रिपोर्ट पोजेटिभ आउन सक्ने सम्भावना भए पनि सबैको नेगेटिभनै आउन सक्ने पनि सदस्य सचिव भट्टराईले बताउनु भयो । त्यसैगरी आज प्रदेसको सामाजिक बिकाश मन्त्रालयले पठाएको रिपोर्टमा एक जना दमकमा संक्रमित भेटिएको जनाए पनि दमकमा कसैको पनि आज संक्रमण पोजेटिभ नआएको उहाँले बताउनु भयो । अन्यत्रै स्वाव परिक्षणका लागी दिँदा कसैको ठेगाना दमक रहेको हुनसक्ने भन्दै उहाँले आज दमकमा संक्रमित नभेटिएको स्पष्ट पार्नु भयो ।
अहिले सम्म दमकमा १ सय २९ जना कोरोनाका संक्रमित भेटिएका छन् । उनिहरु मध्ये १ सय जना उपचार पछि निको भईवरी घर फर्किएका छन् । अहिले दमकमा २९ जना संक्रमितहरु बिभिन्न आईसोलेसन सेन्टरमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here