दमकमा आज ७ बर्षिय बालक देखी १०६ बर्षिय बृद्ध सहित ९ जना संक्रमित थपिए

0
753

भदौ २६/
दमक नगरपालीकामा आज ९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । आज दमकमा ७ बर्षिय बालक देखी १०६ बर्षका बृद्ध सम्ममा कोरोना देखिएको छ ।
आज थपिएकामा दमक वडा नम्बर २ की २६ बर्षिय एक महिला, वडा नम्बर ७ का ५२ र २० बर्षका दुई महिला रहेका छन् । त्यसैगरी वडा नम्बर ९ का ३१, ५० र ७४ बर्षका तिनजना महिला र ७, ७० र १०६ बर्षका तिनजाना पुरुष रहेका दमक नगरपालीकाको स्वास्थ्य शाखाले जनाएको छ ।
आज ९ जना थपिए संगै दमकमा कोरोना संक्रमितको संख्या १२९ पुगेको छ । उनिहरु मध्ये ९८ जना उपचार पछि निको भएका छन् । अहिले दमकका ३१ जना सक्रिय संक्रमितको उपचार भैरहेको नगरपालीकाको स्वास्थ्य शाखाका अधिक्रित नगेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here