भदौ २५/
दमक घर भई हाल अमेरिका बस्दैआउनुभएका सञ्चारकर्मी सुदिप पन्तले दमकको एक संस्थालाई १ लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।
परोपकारी काममा सक्रिय रहदैआएको दमकको असहाय मानव सेवा समाजलाई पन्तले १ लाख रुपैयाँ उपलव्ध गराउनुभएको हो ।
नेपाल–अमेरिका पत्रकार महासंघ (नेजा) का अध्यक्ष समेत रहनुभएका उहाँले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिदै आएको बन्दाबन्दी, निषेधज्ञाका कारण दैनिक ज्याला मजदुरी गर्ने समुदाय खान नपाएर समस्यामा झेल्दैआएकाले त्यस्ता लक्षित समुदायलाई दैनिक निशुल्क भोजनको व्यवस्था गर्नका लागि उक्त सहयोग उपल्व्ध गराउनुभएको हो ।
सो संस्थाले सरकारले गरेको वन्दाबन्दीका समयमा दमकमा महिना दिनसम्म विपन्नलाई खाना खुवाएको थियो । संस्थाले दैनिक खाना खुवाउन स्रोत तथा साधन जुटाउन नसक्दा पछिल्ला समय भने खाना वितरण कार्य रोकिएको थियो । अमेरिकामा बस्दैआएका दाता पन्तले स्वेच्छिक रुपले अति विपन्नलाई विहान, वेलुका खाना खुवाउन लाग्न चाहिने रकम उपलव्ध गराउनुभएपछि फेरि खाना खुवाउन लागिएको संस्थाकी अध्यक्ष चेतना निरौलाले वताउनुभयो ।