प्रदेश १ मा आज ८६ जना कोरोनाका नयाँ संक्रमित थपिए

0
555

भदौ/२५/
प्रदेश १ मा आज ८६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २–२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापाको शिवसताक्षीमा ७ सहित दमक, कमल र बा¥हदशीमा १–१ जना र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।
उता सुनसरीको इटहरीमा १४, दुहवीमा ४, बराहक्षेत्रमा ३, धरान र बर्जुमा १–१ जना, संखुवासभाको खाँदबारीमा २०, सिलिचोङमा र चिलिलामा १–१ जना, मोरङको विराटनगरमा ६, रतुवामाईमा ५, पथरीशनिश्चरेमा २, कटहरी, सुनबर्षी र रंगेलीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै पाँचथरको फिदिममा २, मिक्लाजुङमा र फालेलुङमा १–१ जना, भोजपुरको ट्याम्केमैयुङ, भोजपुर र षडानन्दमा १–१ जना, उदयपुरको त्रियुगामा २ जनामा संक्रमण देखिएको छ । यस्तै इलामको चुलाचुलीमा २ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ४९८ पुगेको छ ।
प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ९५३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here