दमकमा आज तिन जना समुदायका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

0
637

भदौ २०/
दमकमा आज ३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । आज थपिएकामा दुईजना पुरुष र एक जना महिला रहेको नगरपालीकाको स्वास्थ्य शाखाले जनाएको छ । आज थपिएकामा वडा नम्बर २ का ३५ बर्षिय एक पुरुष र वडा नम्बर ८ कि ४५ बर्षिया महिला र ६२ बर्षिय पुरुष रहेका छन् । उनिहरु तिनै जना समुदायका व्यक्ति रहेको बताईएको छ ।
आज संक्रमण देखिएका तिन जना मध्ये एक जना सामाजिक अभियन्ता व्यक्ति रहेको बताईएको छ । उनि नगरपालीका लगायतका बिभिन्न बैठकहरुमा पनि सहभागी भएका व्यक्ति रहेको बताईएको छ ।
आज तिनजना थपिए संगै दमकमा कुल संक्रमितको संख्या १ सय १४ पुगेको छ । उनिहरु मध्ये ७० जना उपचार पछि निको भईसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here