दमकमा आज ५ जना संक्रमित थपिए , गौरिगञ्जा एक व्यक्तिमा पनि संक्रमण पुष्टि

0
660

सप्तरङ्गी एफ.एम. दमक/भदौ १९/
दमकमा आज ५ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । आज ३ महिला रु २ पुरुष गरि समुदायका ५ जना व्यक्तिमा संक्रमण पुष्टि भएको नगरपालीकाको स्वास्थ्य शाखाले जनाएको छ । आज संक्रमण देखिएकाहरुमा वडा नम्बर ७ का २१ र ५२ बर्षका दुईजना पुरुष, वडा नम्बर ६ का २९ ४६ बर्षका दुई महिला र वडा नम्बर ८ का ६२ बर्षिय एक महिला रहेका छन् । उनिहरु सबै समुदायका व्यक्तिहरु रहेको बताईएको छ ।
आज थपिएका संगै गरी दमकमा कुल संक्रमितको संख्या १ सय ११ पुगेको छ । उनिहरु मध्ये ५६ महिला र १३ पुरुष गरी ६९ जना संक्रमित उपचार पछि निको भएका छन् । अहिले दमकका ४२ जना सक्रिय संक्रमितहरु रहेका छन् ।
उता झापाको गौरीगन्जमा समुदायमा अर्का एक सन्क्रमित भेटिएका छन् । वडा नम्बर ५ का एक पुरुषमा आज सङ्क्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य प्रमुख रामचन्द्र मिश्रले जानकारी दिनुभयो । यसअघि ४२ जनाको स्वाव संकलन गरि परिक्षण गरिएकोमा एक जनाको पोजिटिभ रिपोर्ट आएको उहाँले बताउनु भयो । गौरीगन्जमा एक पछि अर्को गर्दै समुदायमा कोरोना संक्रमण देखिन थालेको हो । यस अघि पनि स्थानिय ब्यबसायीहरुको स्वाब परिक्षण गर्दा एक जना व्यवासायीमा कोरोना पुष्टि भएको थियो । उनलाई कहाँबाट कोरोना स¥यो भन्ने थाहा नहुँदा गौरिगञ्जमा समुदायमै कोरोना पैmलीएको भन्दै त्रास बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here