दमकमा आज संक्रमण देखिएका मध्ये ६ जना स्थानिय र दुईजना क्वारेन्टाईनका

0
687

भदौ/१६/
दमकमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ८ जना दमकका रहेका छन् भने एक जना कमल गाउँपालीकाका रहेका छन् । यस अघि संक्रमण देखिएकाहरुको कन्टयाक्ट ट्रेसिङ का आधारमा स्वाब परीक्षण गर्दा दमकका ८ सहित ९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको दमक नगरपालिकाको क्वारेन्टाइन ब्यवस्थापन समिति सचिव कुवेर भट्टराईले जानकारी दिनुभयो । आज थपिएका संगै दमकमा कुल संक्रमितको संख्या १ सय ५ पुगेको छ । 
आज संक्रमण देखिएकाहरु मध्ये ६ जना स्थानिय हुन भने २ जना भारतबाट आएर होटल क्वारेन्टाईनमा बसेकाहरु रहेका दमक नगरपालीकाको स्वास्थ्य शाखाले जनाएको छ ।
दमकका स्थानियहरुमा वडा नम्बर २ का एक पुरुष, वडा नम्बर ५ का दुई पुरुष, वडा नम्बर ६ का दुई पुरुष र वडा नम्बर ९ का तिन जना महिला रहेका छन् । त्यसैगरी झापाकै कमल गाउँपालीका वडा नम्बर ३ का एक पुरुषको पनि रिपोर्ट पोजेटिभ आएको छ । उनको पनि दमक बाटै स्वाब संकलन भएकोले उनको समेत दमकमै जोडिएर आएको स्वास्थ्य शाखाले जनाएको छ । 
दमकमा १ सय ५ जना कोरोना संक्रमित मध्ये ५२ जना उपचार पछि निको भएर डिस्चार्ज भएका दमक नगरपालिका क्वारेन्टाइन ब्यवस्थापन समिति सचिव भट्टराईले जानकारी दिनुभयो । 
उहाँका अनुसार दमकमा स्वाब परीक्षण गरिएकाहरुमध्ये अहिले सम्म ८ देखि १० प्रतिशतमा कोरोना सक्रमण भएको पाईएको छ । संक्रमण देखिएकाहरुमा कहाँबाट संक्रमण भयो भन्ने पत्ता नलाग्दा दमकमा समुदायमै संक्रमण फैलिएको आशंका गरिएको छ । नगरपालीकाले संक्रमण नियन्त्रणका लागी लकडाउन गरेको भए पनि त्यसको प्रभावकारीता खासै हुन नसकेको भनेर नागरिक स्तरबाट आलोचना भैरहेको छ । जिल्ला प्रसासन कार्यालयको सुचनामा दमकमा आगामी २० गते सम्म निषेधाज्ञा भनिएको भए पनि नगरपालीकाले बिहान १२ बजे सम्म बजार तथा पसलहरु सञ्चालन गर्न अनुमति दिएको छ । बैंक तथा बित्तिय संस्थाहरुमा मानिसहरुको भिड उत्तिकै रहेकोले संक्रमण एकबाट अर्कोमा सर्ने जोखिम अत्यधिक रहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here