दमकमा लकडाउन अबधिमा पनि बैंक तथा बित्तिय संस्था खुल्लै रहँदा जोखिम बढ्यो

0
674

भदौ ७
समुदायका व्यक्तिमा कोरोनाको संक्रमण देखिन थालेपछि दमकमा एक साताको लागी लगाईएको लकडाउन आज बाट पुनः एक सातालाई थपिएको छ । तरकारी पसल समेत खुल्न नदिई कडाई गरिएको लकडाउनमा बैंक तथा बित्तिय संस्थाहरु भने खुल्लै रहँदा जोखिम बढेको छ । औषधि पसल र अस्पतालहरु मात्रै सञ्चालन गर्न दिने गरी नगरपालीकाले कडा लकडाउन गर्ने भनिरहेका बेला बैंक तथा बित्तिय संस्थाहरु भने अटेर गरी सञ्चालन भईरहंदा जोखिम बढेको भन्दै स्थानिय चिन्तित बनेका छन् ।
बजार पसल बन्द भए पनि बैंक र सहकारीहरु खुल्लै रहँदा जोखिम बढेको दमक ७ सुर्ति लाईनका अनिल भट्टराईले बताउनु भयो । आप्mनो घर छेउमै रहेको बंैक दैनिक सञ्चालन भैरहेको भन्दै उहाँले कर्मचारी र त्यहाँ आउने सेवाग्राहीका कारण जोखिम बढेको बताउनु भयो । बैंकहरुमा मोरङको उर्लाबारी, पथरी देखी झापाकै बिर्तामोड सम्मबाट कर्मचारीहरु आउने गर्दा जोखिम बढेको उहाँले बताउनु भयो । नगरपालीका र प्रहरीलाई भने पनि बन्द गर्न कडाई नभएको भन्दै उहाँले नागरिकलाई तरकारी समेत किन्न नदिने बैंकहरुलाई भने पैसा कमाउन दिने भन्दै नगरपालीका प्रति आक्रोस व्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here