दमकका एक समुदायका व्यक्तिमा कोरोना पुष्टि

0
876

भदै ५/
दमकमा दैनिक रुपमा समुदायका व्यक्तिहरुमा कोरोनाको संक्रमण देखिन थालेको छ । आज पनि दमकका समुदायका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । दमक १ का ४७ बर्षिय पुरुषमा कोरोनाको संक्रमण देखिएको हो । उनि दमकको एक निजि बिद्यालयका शिक्षक रहेको बताईएको छ । अहिले बिद्यालयहरु बन्द रहेकाले अन्यमा संक्रमणको खतरा नरहे पनि उनलाई कहाँ बाट संक्रमण भयो भन्ने पुष्टि भएको छैन । उनको ट्राभल हिस्ट्रि पनि संकास्पद नदेखिएको बताईएको छ ।
यस अघि पनि दमक ५ का एक समुदायका व्यक्तिमा कोरोनाको संक्रमण देखिएको थियो । दमकमा समुदाय स्तरमै कोरोनाको संक्रमण देखिन थालेपछि नगरपालीकामा लकडाउन गरिएको छ । गत आईतबार सुरु भएको लकडाउन भोली सम्म रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here