दमक मालपोतका एक कर्मचारीमा कोरोना पोजेटिभ

0
526

भदै ४/
दमकको मालपोत कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कोरोना परिक्षणका लागी स्वाब दिए पछि पनि उनि निरन्तर कार्यालय आएर काम गरेको पाईएको छ । उनि निरन्तर कार्यालय आएर काम गर्दै धेरै जना संग हेलमेल समेत भएको पाईएको छ । केहि दिन अघि परिक्षणका लागी स्वाब दिएकोमा आज उनको रिपोर्ट पोजेटिभ आएको हो । केहि दिन अघि मात्रै उनि एउटा भोजमा समेत सहभागी भएको बताईएको छ । उनको रिपोर्ट पोजेटिभ आए संगै दमकमा त्रास बढेको छ ।
कार्यालयका कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछी आजै बाट मालपोत कार्यलयमा आउजाउ निसेध गरिएको छ । यस अघि पनि दमक ५ का एक व्यक्तिमा समुदाय स्तरमा कोरोना संक्रमण देखिएको थियो । पछिल्लो समय दमकमा समुदायका व्यक्तिहरुमा कोरोनाको संक्रमण देखिन थालेपछि नगरपालीकाले गत आईतबार देखी नगरपालीकामा लकडाउन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here