दमकमा आज एकैदिन १३ जना कोरोनाका नयाँ संक्रमित थपिए

0
47

भदौ ३/
दमकमा आज एकै दिन १३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । केहिदिन अघि स्वाब संकलन गरी परिक्षणका लागी पठाईएकोमा आज १३ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । जस मध्ये ३ जना शसस्त्र प्रहरी रहेका छन् भने दुईजना नेपाल टेलीकम दमकका ३७ र ४० बर्षका पुरुष कर्मचारी रहेका छन् । त्यसैगरी दमक ५ का होम क्वारेन्टाईनमा बसेका ३१ बर्षका एक पुरुषमा पनि संक्रमण देखिएको छ । अन्य ७ जना बिभिन्न देशबाट आएर दाहाल प्रतिष्ठानमा रहेको क्वारेन्टाईनमा बसेकाहरु मा संक्रमण देखिएको बताईएको छ । उनिहरु दमककै बिभिन्न वडामा घर भई बिदेशबाट आएका २१ बर्ष देखी ४४ बर्ष सम्मका पुरुषहरु रहेका छन् ।
आज थपिएका संगै दमकमा संक्रमितको संख्या ४४ पुगेको छ । उनिहरु मध्ये १४ जना उपचार पछि घर फर्किएका छन् बाँकी ३० जनाको उपचार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here