आज दमकमा ७ जना कोरोना संक्रमित थपिए

0
452

भदौ २/
केहि दिन देखी लगातार कोरोना संक्रमण बढ्दै गएको दमकमा आज फेरि ७ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा एकजना समुदायका रहेका छन भने अन्य होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरु छन् । ट्राभल हिष्ट्री नभएका दमक ५ का पुरुषमा संक्रमण देखिएको हो । उनी केर्खाका एक ब्यक्तिको मलामी गएको र त्यहीबाट संक्रमण सरेको हुनसक्ने आशंका गरिएको छ ।
त्यस्तै वडा नं ३ का दुईजना, होटल क्वारेन्टाइनमा बसेका ३ जना, वडा नं ५ का एकजनालाई संक्रमण पुष्टि भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताउनु भयो । गत साउन ३० गते १०७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाउँदा ७ जनामा संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।
यसअघि हिजो दमकमा ६ र अस्ति ७ जनामा एकैसाथ संक्रमण देखिएको थियो । यससंगै दमकमा संक्रमितको संख्या २८ पुगेको छ भने १४ जना उपचार पछि घर फर्किएका छन् । यसैवीच पछिल्ला समय समुदायमा संक्रमण फैलिसकेपछि दमकमा अस्ति आइतबारदेखि एक साताको लागि लकडाउन लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here