दमकका कोरोना संक्रमितको सम्पर्कमा जोडिएका व्यक्तिहरुको परिक्षण नहुँदा जोखिम बढ्यो

0
453

भदौ १/
चार दिन अघि दमकमा कोरोना पुष्टि भएका संक्रमितहरुका सम्पर्कमा जोडिएका व्यक्तिहरुको पिसिआर परीक्षणका नुमना संकलन हुन नसक्दा जोखिम झन बढेको छ । विद्युत प्राधिकरण दमक वितरण केन्द्रका ५ कर्मचारी र काठमाडौंमा संक्रमण पुष्टि भएका दमकका एक जना तरकारी व्यवसायीको सम्पर्कमा जोडिएका व्यक्तिहरुको पिसिआर परीक्षण हुन नसक्दा जोखिम बढेको भन्दै स्थानिय त्रसित बनेका छन् ।
नगरपालिकाका स्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका मानिसहरुको पहिचान गर्ने काम भईरहेका कारण परीक्षणमा ढिलाई भएको हो । विद्युत कर्मचारीका सम्पर्कमा आउने व्यक्तिहरुको पहिचान गर्ने काम सकि नसकेकाले उनीहरुको परीक्षणका लागि स्वावको नमुना संकलन अझै हुन नसकेको उहाँले वताउनुभयो ।
यता संक्रमितहरुको सम्पर्कमा रहेका परिवार तथा नजिकका आफन्तहरुको समयमै परीक्षणमा ढिलाई हुदाँ चिन्तित हुनुपरेको दमक ९ की मुना लिम्बुको गुनासो छ । प्राधिकरणका कर्मचारीको एउटी छोरीको गत साउन २८ गते जन्मदिनको भोज गरिएको र छिमेका कारण उहाँ आफनो परिवारसंग रातदिन भेटघाट हुने भईरहेका कारणले आप्mनो परिवारको नै पिसिआर परीक्षण गर्नुपर्ने उहाँको भनाई छ ।
यतिका दिन सम्म पनि पिसिआर परीक्षण नगर्दा संक्रमितसंगै आफुसंग जोडिएका अन्य परिवारहरु समेत चिन्तित हुनुपरेको उहाँले वताउनुभयो ।
स्वास्थ्य निरीक्षक बरालले संक्रमित व्यक्तिको पहिचान गर्नका लागि कन्ट्रयाक ट्रेसिङ गर्ने काम भइरहेको र त्यो काम सकिएपछि आवश्यकताका आधारमा मात्रै पिसिआर परीक्षण गरिने जानकारी दिनुभयो ।
कन्ट्रयाक ट्रेसिङमा संक्रमित व्यक्तिसंग को को मानिसहरु के कति दुरी भित्र, कुन समयमा भेट भएको हो, कस्तो किसिमको उठबस वा सम्पर्क हो ? जस्ता कुराहरु उल्लेख हुने र त्यसैका आधारमा आवश्यक मानिसहरुको पिसिआर परीक्षण गर्ने गरिन्छ । तरकारी व्यवसायीका सम्पर्कमा जोडिएका व्यक्तिहरुको पहिचान भने भइसकेको निरीक्षक बरालले जानकारी दिनुभयो ।
कन्ट्रयाक ट्रेसिङका आधारमा ति संक्रमित व्यवसायीहरुसंग करिब १२ जना जोडिएको तथ्य फेला परेको उहाँले वताउनुभयो । काठमाडौंमा उपचाररत ती व्यवसायीको सम्पर्कमा विरामीसंगै काठमाडौं पुगेका र घर परिवारका सदस्यहरु मात्रै रहेको प्रारम्भिक बुझाई छ । दमकमा हालसम २१ जनामा संक्रमण भएको र ती मध्ये १४ जना उपचार पछि घर फर्किएका छन् भने अन्यको उपचार भईरहेको क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव समेत रहेका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिनुभयो ।
यसैवीच, संक्रमण समुदायमा फैलिएको र थप जोखिम हुन नदिन नगरपालिकाले हिजो देखि एकसाता लामो लकडाउन गरेको छ । लकडाउनको आज दोश्रो दिन दमक चौक, वजार पूर्ण रुपमा ठप्प रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here