आज राती देखी दमकमा पुर्ण लकडाउन , बजार पसल तथा कार्यालयहरु पुर्ण बन्द रहने दुध पसल भने बिहान २ घण्टा खोल्न पाईने

0
590

साउन ३१/
समुदायमा कोरोना संक्रमणको आसंका बढेपछि दमकमा आज राती देखी पुर्ण लकडाउन हुने भएको छ । कोरोना नियन्त्रण समन्वय समितिको आज नगरपालीकामा बसेको बैठकले दमकमा संक्रमणको जोखिम बढेको भन्दै १ हप्ता सम्म पुर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउन अवधिमा एम्बुलेन्स, प्रहरीको गडी, प्रेसको गाडी देखी बाहेक सबै यातायातका साधहरु बन्द रहने छन्, दुधका पसलहरु बिहान ६ बजे देखी ८ बजे सम्म मात्रै खोल्न पाईने, बैंक, बित्तिय संस्था, फुटपाथका पसल, किराना पसल लगायतका सबै प्रकारका पसल व्यवसाय बन्द रहने, औषधि पसल र अस्पतालहरु मात्रै सन्चालन हुने नगर उप प्रमुख तथा प्रवक्ता गिता अधिकारीले जानकारी दिनुभयो । आगामी भदौ ६ गते सम्म अत्याबस्यक काम बाहेक घर बाहिर निस्कन नपाईने, एम्बुलेन्स बाहेकका सवारी साधनले बिरामी बोक्न परे सम्बन्धित वडाबाट सिफरिस लिनु पर्ने, सिटि सफारी, मोटर साईकल कुनै सवारी साधन सञ्चालन गर्न नपाईने उहाँले बताउनु भयो ।
हिँजो दमकमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितहरु समुदायमा हेलमेल भएकाहरु रहेकाछन् । जसकारण समुदायमा कोरोना संक्रमणको जोखिम उच्च बनेको भन्दै उनिहरुको कन्ट्रयाक ट्रेसिङ गरिने उप प्रमुख अधिकारीले बताउनु भयो ।
यस अघि उद्योग बाणिज्य संघ दमकले पनि आज राती १२ बजेपछि अत्यआवश्यक बाहेक सबै प्रकारका पसल तथा ब्यवसाय बन्द गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here