समुदायमा कोरोनाको जोखिम बढेको भन्दै भोली देखी दमकका अस्पतालहरुमा ईमर्जेन्सी बाहेकका सेवा बन्द

0
373

साउन ३०/
दमकमा समुदायस्तरमै कोरोना संक्रमणको आसंका गरिए संगै दमकमा अस्पताल तथा क्लिनिकहरुमा ओपिडि सेवा बन्द गर्ने निर्णय गरिएको छ । दमक नगरपालीकामा आज भएको छलफलले कोरोना संक्रमणको जोखिम बढेको भन्दै दमकका अस्पतालहरुमा ईमर्जेन्सी सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय भएको हो । दमकका अस्पतालहरुका साथै क्लिनिकहरुमा पनि डाक्टरहरुले दिँदै आएको सेवा बन्द गर्ने निर्ण भएको छ । अब निजि क्लिनिकहरुको औषधि बेच्न मात्रै पाउने छन् ।
अस्पतालबाट ईमर्जेन्सी बाहेक अन्य सेवा तत्काललाई रोक्ने निर्णय गरिएको बैठकमा सहभागी दमकको एक अस्पतालका सञ्चालकले बताए । भोलीबाट दमकका कुनै पनि अस्पतालले ईमर्जेन्सी बाहेकका सेवा नदिने उनले बताए ।
समुदायमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै अति आवस्यक काम बाहेक बाहिर ननिस्कन नगरबासीहरु समक्ष नगरपालीकाले आग्रह गरेको छ । स्वास्थ्यमा सामान्य समस्या देखिए पनि घरायसी उपचार गर्न अथवा चिकित्सकहरुलाई टेलिफोनबाटै सम्पर्क गरेर सल्लाह लिन आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here