अमेरीकामा ठुलो पुरस्कार राशी सहितको हिमालयन अनलाईन ट्यालेन्ट शो हुँदै

0
572

साउन ३०/
डायस्पोरामा रहेका नेपालीहरुलाई लक्षित गर्दै अमेरीकामा “हिमालयन अनलाईन ट्यालेन्ट शो प्रतियोगिता २०२०” हुने भएको छ । हिमालयन म्युजिक एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा गायन, नृत्य, हाँस्य विधा र बिभिन्न बाजागाजा बजाउने विधा गरि कलाका ४ विधामा प्रतिस्पर्धा हुने । 
प्रतियोगीतामा सहभागी हुन चाहनेहरुले भोली देखी सेप्टेम्बर १८ तारिख सम्म फर्म भरिसक्नु पर्ने आयोजक संस्थाका अध्यक्ष पुष्प गजमेरले जानकारी दिनु भयो । प्रतियोगिताको फाईनल भने नेपालीहरुको महान चांड दशैं र तिहारको बीच पारेर नोभेम्बर ७ मा हुने अध्यक्ष गजमेरले बताउनु भयो । 
प्रतियोगीताको निर्णायकहरुमा विकास थुलुङ, सारंगा श्रेष्ठ र अर्जुन रसाइली रहनु भएको छ । त्यस्तै प्रतियोगितामा जुरी तर्फ भने गोपी दाहाल, डम्बर खापुङ र सन्तोष रामदम रहनु भएको छ । कार्यक्रमलाई सुजिता गुरुङ, रमेश दियाली, अस्मिता रसाइली र सिड निरौलाले संचालन गर्ने अध्यक्ष गजमेरले बताउनु भयो ।
प्रतियोगिताको विजेताले ट्रफी सहित २५०० अमेरिकी डलर पाउने छ भने फस्र्ट रनर अपले ट्रफी सहित १५०० अमेरिकी डलर र सेकेन्ड रनर अपले ट्रफी सहित १००० अमेरिकी डलर पुरस्कार पाउने जनाईएको छ । त्यसैगरी प्रतियोगिताको फोर्थ रनर अपले ट्रफी सहित अन्य पुरस्कारहरु प्राप्त गर्नेछन् । कार्यक्रममा ५ वर्ष देखि ६५ बर्ष सम्मको उमेर समूहको व्यक्तिले भाग लिन पाउने आयोजक संस्था हिमालयन म्युजिक एकेडेमीका अध्यक्ष गजमेरले जानकारी दिनु भयो ।
प्रतियोगितामा क्यानाडा र अमेरिकामा रहेका नेपाली बोल्न सक्ने वा नेपाली समुदायबाट प्रतिनिधित्व गर्ने सबैले सहभागी हुन पाउने छन् । प्रतियोगितालाई बामा, दिक्षा, ग्रेटर हिन्दी सेवा समिति र बि.सी.ए.एले प्रायोजन गरेका छन् भने कार्यक्रमको अफिसियल पोस्टर पनि सार्वजनिक गरिएको छ । 
विदेशमा बसेर नेपाली कला र संस्कृति बिर्सिदै गएका बालबालिका देखि युवा पुस्तालाई नेपाली संस्कृतिको बारेमा सचेत र जागरुक बनाउने उद्देस्यले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष गजमेरले बताउनु भयो । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै कार्यक्रमलाई भब्य र राम्रो बनाउने भन्दै अध्यक्ष गजमेरले अर्को बर्ष अवस्था सामान्य हुँदै गए प्रतियोगिताको दोस्रो संस्करण अझ भव्य बनाउने प्रतिबद्धता जनाउनु भएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here