दमक नगरपालीकामा औषधि पसल बाहेक अरु पसल बिहान ८ देखी अपरान्ह ४ बजे सम्म मात्रै खोल्न पाईने

0
529

साउन २९/
कोरोना संक्रमणको जोखिम बढेको भन्दै दमक नगरपालीकाले बजार तथा हिँडडुलमा कडाई गर्ने निर्णय गरेको छ । तगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा आज बसेको कोरोना भाईरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले दमकमा औषधि पसल बाहेक अन्य सबै प्रकारका पसलहरु बिहान ८ बजे देखी अपरान्ह ४ बजे सम्म मात्रै खोल्न पाउने निर्णय गरेको छ । त्यसैगरी तरकारी पसलमा एक दिन बिराएर विचमा एउटा पसल खाली राखि सञ्चालन गर्ने र फुटपाथका पसलहरु बन्द गर्ने पनि निर्णय गरिएको नगर प्रवक्ता तथा उप प्रमुख गिता अधिकारीले जानकारी दिनु भयो । त्यस्तै पसल सञ्चालन गर्दा र समान खरिद गर्दा अनिवार्य मास्क लगाउनु पर्ने, सेनिटाईजरको प्रयोग गर्नु पर्ने, भौतिक दुरी कायम गर्नु पर्ने लगायतका सावधानि अपनाउनु पर्ने छ ।
राजमार्गमा सञ्चालन हुने बाहेक नगर क्षेत्रमा सवारी साधान सञ्चालन गर्न पाईने छैन । नगर भित्र सञ्चालित उद्योग, व्यवसाय र निर्माण कार्यको लागी अन्यत्र बाट कामदार ल्याउन समेत पाईने छैन । अति आवस्यक काम बाहेक घरबाट ननिस्कन नगरबासीलाई दमक नगरपालीकाले अनुरोध गरेको छ । घर बाहिर निस्कँदा मास्कको प्रयोग नगरे अथवा नियम उल्लंघन गरे नगर प्रहरी र प्रशासनले नियम अनुसार कारबाही गर्ने जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here