डिपिएल युथको टिमको कमल शाखाको पदस्थापन सम्पन्न

0
490

साउन २५
दमक पब्लिक लाईब्रेरीले युवाहरुलाई उधमशिल बनाउँदै उनिहरुको व्यक्तित्व तथा नेतृत्व बिकास र सामाजिक कार्यमा अग्रसर गराउने उद्देस्यले स्थापना गरेको युवा समुह डि. पि. एल. युथ टिमको झापाको कमल गाउँपालीकाका शाखा स्थापना गरिएको छ । लाईब्रेरीका संस्थापक अध्यक्ष भेषराज न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राजन चापागाईको अध्यक्षतामा यस अघि गठन गरिएको १९ सदस्सीय तदर्थ समितिलाई आधिकारिक समितिको रुपमा पदस्थापन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि लाईब्रेरी अध्यक्ष न्यौपालेले युवाहरू एकलै हिडदा भन्दा सामुहिक हिडाईले लक्ष्यप्राति सहजता हुने भन्दै टिमसंग काम गर्दा सहज हुने बताउनु भयो । युवालाई सामाजिक क्षेत्रमा कार्य गर्न बोध गराउन युवाहरुको समुह निर्माण गरिएको उहाँले बताउनु भयो ।
कार्यक्रममा नेपाल जेसिज पुर्व अध्यक्ष प्रकाश अधिकारी, राष्ट्रिय युथ टिमका अध्यक्ष विनोद उप्रेती, शहिद धर्म भक्त माध्यमिक बिद्यालयका सहायक प्रधान अध्यापक मधुसूदन अधिकारी लागयतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here