झापाको कमल ५ मा हात्तिको आक्रमणबाट एक व्यक्तिको मृत्यु

0
581

साउन २३/
झापाको कमल गाउँपालीका वडा नम्बर ५ मा गए राती हात्तिको आक्रमण बाट एक व्यक्तिको ज्यान गएको छ । कमल ५ टुक्रे स्थित ससस्त्र प्रहरीको जग्गामा बसोबास गर्ने ५८ बर्षिय रेवत रेग्मीको गए राती करिब साढे २ बजे तिर हात्तिको आक्रमणबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक भुवनबाबु खड्काले जानकारी दिनु भयो ।
गए राती आएका दुई वटा हात्तिको समुहले लखेटेर रेग्मीलाई मारेको भन्ने खबर आएकोले त्यस तर्पm जाँदै गरेको कमव ५ का वडाध्यक्ष डम्मर निरौलाले बताउनु भयो । सशस्त्रको जग्गामा छाप्रो बनाएर बसोबास गर्दै आउनु भएको रेग्मीलाई छाप्रोबाट केहि पर हात्तिले मारेको पाईएकोले भाग्दै गर्दा मारेको हुनसक्ने उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here